images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • पहिलो त्रैमासिकमा सेरेस ग्रुपको नाफा...

पहिलो त्रैमासिकमा सेरेस ग्रुपको नाफा २४१ प्रतिशतले बढ्यो

पहिलो त्रैमासिकमा सेरेस ग्रुपको नाफा २४१ प्रतिशतले बढ्यो

images
images
बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • काठमाडौं । चीनको प्रमुख इन्टेलिजेन्ट तथा नयाँ ऊर्जा सवारी निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा उल्लेखनीय वित्तीय नतिजा हासिल गरेको घोषणा गरेको छ।कम्पनीको नाफा २४१ प्रतिशतले बढेर १०० मिलियन अमेरिकी डलर नाघेको छ। यो घोषणा सार्वजनिक भएलगत्तै कम्पनीको सेयर मूल्यमा ३ प्रतिशतको वृद्धि देखिएको छ। यो उपलब्धिले सेरेसलाई चीनका सबैभन्दा नाफा कमाउने र नवप्रवर्तक अटोमेकर कम्पनीहरूको अग्रपङ्क्तिमा स्थापित गरेको कम्पनीको दाबी छ।

    images
    images

    कम्पनीको बिक्रीबाट हुने आम्दानी पनि पहिलो त्रैमासिकमा ३ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ, जसको मुख्य कारण यसका नवीन तथा ऊर्जा-कुशल सवारीसाधनहरूको बढ्दो माग हो।नवप्रवर्तन, दिगोपन र ग्राहकमुखी डिजाइनमा प्रतिबद्ध सेरेसले स्मार्ट मोबिलिटी समाधानहरूमा नयाँ आयाम थप्दै विश्वव्यापी वातावरणीय लक्ष्यहरूसँग तालमेल मिलाएर काम गरिरहेको छ।

    कम्पनीले आगामी दिनहरूमा अझ बढी रेन्ज, उन्नत पर्फर्मेन्स र स्मार्ट फिचरसहितका नयाँ गाडीहरू सार्वजनिक गर्ने योजना बनाएको छ। यी सुधारहरूले चीनको कार्बन न्युट्रालिटी हासिल गर्ने लक्ष्यमा कम्पनीको योगदानलाई थप टेवा पुग्नेछ।

    images
    images

    कम्पनीको विश्वव्यापी विस्तार रणनीतिअन्तर्गत सेरेसले सन् २०२६ भित्र नेपालमा तीनवटा नयाँ विद्युतीय सवारी मोडेल भित्र्याउने घोषणा गरेको छ। कम्पनीले हालै सेरेस थ्री मोडेलले इन्डोनेसियामा तीन प्रतिष्ठित अवार्ड जितेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend