images

२०८३ आश्विन २० गते

images
images
images
  • अर्थतन्त्र
  • आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

images
images
बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • वीरगञ्ज। आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ महिनाका अवधिमा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको नौँ महिनाको अवधिमा रु छ अर्ब १३ करोड ९५ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेमा कार्यालयले सो अवधिमा रु छ अर्ब ६५ करोड ७९ लाख आठ हजार अर्थात १०८ दशमलव ४४ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

    images
    images

    कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाईँले चालु आर्थिक वर्षमा कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताए ।“कार्यालयले चालु आवको नौँ महिनाको लक्ष्यको आधारमा अन्तःशुल्क करतफ १३९ प्रतिशत राजस्व सङकलन गरेको छ,” उनले भने,“आयकरतर्फ पनि करिव शतप्रतिशतकै हाराहारीमा राजस्व सङ्कलन भएको छ ।”

    विभागले कार्यालयलाई आयकरतर्फ चैतसम्म रु दुई अर्ब १३ करोड २५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले आन्तरिक आयतर्फ चैतसम्म दुई अर्ब ११ करोड ४७ लाख ५७ हजार अर्थात ९९ दशमलव १७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।त्यस्तै अन्तःशुल्क करतर्फ दुई अर्ब १६ करोड ६१ लाख लक्ष्य रहेकोमा तीन अर्ब ९६ लाख २४ हजार अर्थात १३८ दशमलव ९४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । त्यस्तै बहाल करतर्फ २२ करोड ९१ लख चार हजार सङ्कलन गरेको छ ।

    images
    images

    त्यस्तै व्याज करतर्फ भने ४५ करोड ५७ लाख सङ्कलन गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ७५ करोड ३३ लाख ६७ हजार लक्ष्य राखेकोमा एक अर्ब ४३ करोड ३९ लाख ९४ हजार अर्थात ८३ दशमलव ५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।विभागले कार्यालयलाई वर्षभरिमा भने आठ अर्ब ७१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend