images

२०८३ आश्विन २६ गते

images
images
images

एक हजार र ५० रूपैयाँको नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

एक हजार र ५० रूपैयाँको नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

images
images
बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • काठमाडौं । कार्यभार सम्हाल्दै गर्दा गभर्नर विश्वनाथ पौडेलले एक हजार र ५० रूपैयाँको नोट छाप्ने निर्णय गरेका छन्।पौडेलले गरेको पहिलो निर्णयको जानकारी दिँदै डेपुटी गभर्नर बमबहादुर मिश्रले भने, 'उहाँले अहिले गर्नुभएको पहिलो निर्णयमा एक हजार र ५० रूपैयाँको नोट छाप्ने उल्लेख छ। यो निर्णय अनुसार पहिले डिजाइन समितिले डिजाइन तयार गर्छ। डिजाइन समितिबाट पारित भएको डिजाइन सञ्चालक समितिबाट निर्णय भएपछि नोट छाप्ने प्रक्रिया अगाडि बढ्छ।'

    images
    images

    नोट छाप्ने नियमित प्रक्रिया अनुसार नै पहिलो निर्णय भएको हो।विशेष गरेर पाँच सय र एक हजारभन्दा माथिका एउटा नोटको आयु ४ देखि पाँच वर्षको हुन्छ। साना नोटको आयु भने करिब तीन वर्षको हुन्छ।नेपाल राष्ट्र बैंकले हालै मात्र चलनचल्तीका नोट छाप्न पहिलो चरणमा ६ कम्पनी छनोट गरेको छ।पहिलो चरणमा छनोट हुनेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएका थिए।

    छनोट भएका यी सबै कम्पनीले आगामी दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रिया (टेण्डर) मा प्रतिस्पर्धा गर्न सक्नेछन्।यो अवधिमा जुन जुन नोट छाप्नुपर्ने हुन्छ त्यसको लागि राष्ट्र बैंकले टेण्डर आह्वान गर्छ।यो प्रक्रियामा यी ६ वटै कम्पनीले भाग लिन पाउँछन् भने सबैभन्दा कम रकममा छाप्न तयार हुनेले टेण्डर प्राप्त गर्छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend