images

२०८३ आश्विन २६ गते

images
images
images

नेपाल राष्ट्र बैंक (NRB) का गभर्नरको काम, कर्तव्य र अधिकारहरू

नेपाल राष्ट्र बैंक (NRB) का गभर्नरको काम, कर्तव्य र अधिकारहरू

images
images
बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • काठमाडौँः विगत लामो समय देखि नै रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा बल्ल डा.विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।

    images
    images

    नवनियुक्त गभर्नर पौडेल आए सँगै राष्ट्रबैंकको काम कर्तव्य र कार्यक्षेत्रबारे जिज्ञासा बढेको छ । बैंकहरुको समेत बैंक रहेको केन्द्रीय बैंकको गभर्नरको विषयमा चासो जिज्ञासा हुनलाई स्वाभाविक मानिन्छ । देशको अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस निकायलाई विशेष रूपमा हेरिने गरिन्छ । कुनै पनि मुलुकमा सरकारको बैंकका रूपमा त्यहाँको केन्द्रीय बैंकले काम गरेको हुन्छ।

    नेपालमा सरकारको बैंक र बैंकहरुको पनि बैंकको रूपमा नेपाल राष्ट्र बैंकले काम गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय भएकाले गभर्नर छानिने प्रक्रिया, काम कर्तव्य र अधिकारका विषयमा आम नागरिकको चासो हुनु स्वाभाविक मानिन्छ । गभर्नरको आफ्नै काम कर्तव्य र अधिकार हुन्छ । ऐनले व्यवस्था गरे अनुसारका कामहरू गभर्नरले गर्नु पर्ने हुन्छ ।

    images
    images

    गभर्नरको प्रमुख काम कर्तव्य र अधिकारहरू

    बोर्डले गरेका निर्णयहरूको कार्यान्वयन गर्नु।

    .बैंकको दैनिक सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिनु।

    .बैंकका कार्यहरूलाई व्यवस्थित र प्रणालीबद्ध ढंगले सञ्चालन गर्नु।

    .बैंकलाई अन्तर्राष्ट्रिय संस्थाहरू र संघहरूमा प्रतिनिधित्व गर्नु र गराउन।

    .मौद्रिक र विनिमय नीतिहरूको कार्यान्वयन र निगरानी गर्नु।
    .
    .वाणिज्यिक बैंक र वित्तीय संस्थाहरूका लागि ब्याज दर नीति निर्धारण गर्नु।

    .वित्तीय संस्थाहरूका लागि द्रव्य आपूर्ति र तरलता नीति बनाउनु।

    .स्वर्ण र अन्य बहुमूल्य धातुहरूको कारोबारका लागि नीति बनाउनु।

    .वित्तीय संस्थाहरूका लागि सेवा शुल्क र पूँजी कोषको नीति निर्धारण गर्नु।

    .वित्तीय संस्थाहरूका शाखा स्थापना र विस्तारका लागि नीति बनाउनु।

    .बैंकको सूचना प्रणालीको विकास र सञ्चालनका लागि व्यवस्था गर्नु।

    .वाणिज्यिक बैंक र वित्तीय संस्थाहरूका लागि लाइसेन्स जारी र रद्द गर्ने नीति बनाउनु।

    .बोर्डले तोकेका अन्य कार्यहरूको कार्यान्वयन गर्नु।

    बोर्डले गरेका निर्णयहरूको कार्यान्वयन गर्ने अधिकार।

    बैंकको दैनिक सञ्चालन र व्यवस्थापनमा पूर्ण अधिकार।

    मौद्रिक, विनिमय, ब्याज दर, तरलता, स्वर्ण कारोबार, सेवा शुल्क, शाखा विस्तार र लाइसेन्स जस्ता नीतिहरू निर्माण र कार्यान्वयन गर्ने अधिकार।अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा अधिकारस् बैंकलाई अन्तर्राष्ट्रिय संस्थाहरू र संघहरूमा प्रतिनिधित्व गर्ने अधिकार।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend