images

२०८३ आश्विन २० गते

images
images
images

यी ४ पेय पदार्थले जमाउँछन् कलेजोमा बोसो

यी ४ पेय पदार्थले जमाउँछन् कलेजोमा बोसो

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौँ । कलेजो हाम्रो शरीरको एक महत्त्वपूर्ण अङ्ग हो । कलेजोले विषाक्त पदार्थहरू हटाउन र पोषक तत्त्वहरू पचाउन मद्दत गर्दछ । तर, खराब खानपिन र अस्वस्थ पेय पदार्थको सेवनले कलेजोमा बोसो जम्मा हुन सक्छ । यसरी कलेजोमा बोसो जम्मा हुनुलाई फ्याटी लिभर भनिन्छ । 

    images
    images

    यो समस्याले बिस्तारै गम्भीर रोगको रूप लिन सक्छ । हाम्रो खानपिन र जीवनशैली यति छिटो छिटो परिवर्तन हुँदै गइरहेछ कि हामीलाई आफ्नोबारे ध्यान दिने समय नै छैन । समयको अभाव र आलस्यका कारण हामी आफ्नो शरीरलाई जे पनि खुवाइरहेका हुन्छौँ । आजको यस लेखमा आमी यस्ता ४ पेय पदार्थबारे  कुराकानी गर्नेछौँ, जसको नियमित सेवनले कलेजोमा नराम्रो असर पार्न सक्छ ।

    धेरै चिनी भएको हलुका पेय पदार्थ 

    images
    images

    सफ्ट ड्रिंक्समा चिनी र फ्रुक्टोजको मात्रा धेरै हुन्छ, जसले कलेजोमा अतिरिक्त बोसो जम्मा गराउन सक्छ । यसको निरन्तर सेवनले नन–अल्कोहोलिक फ्याटी लिभर डिजिज (एनएएफएलडी)को जोखिम बढाउँछ । 

     
    • मदिरा 

    धेरै मदिरा पिउनु कलेजोको लागि सबैभन्दा हानिकारक हुन्छ । यसले कलेजोको कोषहरूलाई क्षति पुर्याएर अल्कोहोलिक फ्याटी लिभरको समस्या निम्त्याउन सक्छ । बिस्तारै  लिभर सिरोसिस र अन्य गम्भीर समस्याहरूको जोखिम बढ्दै जान्छ ।

     
    • धेरै क्याफिन भएका इनर्जी ड्रिङ्क्स 

    केही इनर्जी ड्रिंक्समा क्याफिन र चिनीको मात्रा बढी हुन्छ, जसले कलेजोमा अतिरिक्त दबाब दिन्छ । यसको अत्यधिक सेवनले कलेजोको डिटोक्सिफिकेसन क्षमतालाई कमजोर बनाउन सक्छ । 

     
    • फलफूलको प्रशोधित जुस 

    बजारमा पाइने प्याक गरिएका फलफूलको जुसमा अत्यधिक चिनी र प्रिजर्भेटिभ्स हुन्छन् । यसमा प्राकृतिक फाइबरको कमी हुन्छ, जसले गर्दा कलेजोले बोसोलाई राम्रोसँग प्रशोधन गर्न सक्दैन र बिस्तारै फ्याटी लिभरको समस्या बढ्न सक्छ । 

    • यसरी बच्नुहोस्: 

    –ताजा फलफूलको रस वा कागती पानी पिउनुहोस् ।

    –आफ्नो खानामा ग्रिन टी र हर्बल पेय पदार्थ समावेश गर्नुस् ।

    –दैनिक रूपमा पर्याप्त पानी पिउनुहोस् ।

    –मदिरा र प्रशोधित पेय पदार्थहरूको सेवनबाट बच्नुहोस् । 

    अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार  पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend