images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • कालीमाटी तरकारी बजारको हरियो धनियाँमा ९९...

कालीमाटी तरकारी बजारको हरियो धनियाँमा ९९ प्रतिशत विषादी

कालीमाटी तरकारी बजारको हरियो धनियाँमा ९९ प्रतिशत विषादी

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं ।  मुलुककै सबैभन्दा ठूलो तरकारी बजार काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको हरियो धनियाँमा लगभग शतप्रतिशत मात्रामा विषादी भेटिएको छ ।काभ्रेपलाञ्चोकबाट बिक्रीका लागि कालीमाटी बजारमा मंगलबार ल्याइएको हरियो धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

    images
    images

    केन्द्रीय कृषि प्रयोगशालाले मंगलवार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा हरियो धनियाँमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त धनियाँ उपभोग अयोग्य रहेको जनाइएको छ ।

    सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend