images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • सेरेस ग्रुप पुनः नाफामा, गिगाफ्याक्ट्री खरिदका...

सेरेस ग्रुप पुनः नाफामा, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति प्राप्त

सेरेस ग्रुप पुनः नाफामा, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति प्राप्त

images
images
सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाडौं। हुवावे टेक्नोलोजीको सहकार्यमा विद्युतीय सवारीसाधन निर्माण गर्दै आएको सेरेस ग्रुप ले सन् २०२४ मा उत्कृष्ट सवारी बिक्रीका कारण पुनः नाफामा फर्किएको जानकारी दिएको छ। साथै, कम्पनीले आफ्नो योजनाअनुसार एक विशाल गिगाफ्याक्ट्री (उत्पादन कारखाना) खरिद गर्न शाङ्घाई स्टक एक्सचेन्जबाट स्वीकृति पनि पाएको छ।कम्पनीका अनुसार, सन् २०२४ डिसेम्बर ३१ मा समाप्त आर्थिक वर्षका लागि अनुमानित नाफा ५.५ अर्बदेखि ६ अर्ब चिनियाँ युआन (अन्दाजी ७५६ मिलियनदेखि ८२५ मिलियन अमेरिकी डलर) हुने अपेक्षा गरिएको छ। अघिल्लो वर्ष २.४५ अर्ब युआन बराबरको घाटासँग तुलना गर्दा यो एक महत्वपूर्ण वित्तीय सुधार हो।

    images
    images

    सेरेसले यो सफलताको श्रेय हुवावेसँगको सहकार्यमा विकसित AITO ब्रान्ड अन्तर्गतका न्यू इनर्जी भेहिकल (NEV) हरूको वृद्धि भएका बिक्रीलाई दिएको छ। चोंगकिङमा मुख्यालय रहेको कम्पनीको कुल सवारी बिक्री ९७% ले बढेर ४,९७,००० युनिट पुगेको छ। यसमध्ये AITO बिक्री मात्रै झण्डै तीन गुणाले वृद्धि भएर ४,२६,९०० युनिट पुगेको हो। यद्यपि, आजको दिनमा सेरेस ग्रुपको सेयर मूल्य ५.१% ले घटेर १३१.९० युआन (करिब १८.१६ अमेरिकी डलर) मा बन्द भएको छ।समग्रमा शाङ्घाई स्टक बजारमा ०.९% गिरावट देखिएको थियो। पछिल्लो १२ महिनामा भने सेरेसको सेयर मूल्य झण्डै १७% ले वृद्धि भएको छ। सेरेस ग्रुपले नोभेम्बरमा प्रस्ताव गरेको लंगशेंग न्यू इनर्जी टेक्नोलोजी को अधिग्रहणका लागि ८.१७ अर्ब युआन (१.१२ अर्ब अमेरिकी डलर) बराबरको सेयर बिक्री योजनालाई स्टक एक्सचेन्जले स्वीकृति दिएको छ।

    लंगशेंग कम्पनी AITO सवारी उत्पादनका लागि स्थापना गरिएको हो, जसको मुख्य सम्पत्ति गिगाफ्याक्ट्री हो। हाल सेरेसले सो गिगाफ्याक्ट्री भाडामा लिएको छ, जहाँ ३,००० भन्दा बढी बुद्धिमान रोबोटहरू पूर्णरूपमा स्वचालित प्रणाली मार्फत १००% अटोमेसन सहित सवारी उत्पादन गर्दैछन्।लंगशेंग न्यू इनर्जी चोंगकिङ लियाङजियाङ न्यू एरियामा अवस्थित छ, जुन तीन प्रमुख सरकारी लगानी संस्थाहरू चोंगकिङ इन्डस्ट्री इनभेस्टमेन्ट फण्ड, लियाङजियाङ डिभेलपमेन्ट एन्ड इनभेस्टमेन्ट ग्रुप, र लियाङजियाङ इन्डस्ट्री डिभेलपमेन्ट ग्रुपद्वारा सञ्चालित छ।हाल अन्तिम स्वीकृति चीनको सेक्योरिटिज रेगुलेटरी कमिसन बाट आउन बाँकी छ। सम्झौता पूरा भएपछि सेरेसले गिगाफ्याक्ट्रीको पूर्ण स्वामित्व प्राप्त गर्नेछ, जसले उत्पादन प्रक्रियामा गुणस्तर नियन्त्रण, स्वायत्तता, र दीर्घकालीन स्थायित्व थप बढाउनेछ।

    images
    images

    सिलिकन भ्यालीबाट स्थापना भएको सेरेस ग्रुपले हालसम्म ७० भन्दा बढी देशहरूमा व्यवसायिक उपस्थिति विस्तार गरिसकेको छ। युरोपको बजारमा प्रवेश गर्ने पहिलो चिनियाँ EV ब्रान्ड को रूपमा पनि कम्पनी चिनिएको छ। अमेरिका, चीन, इन्डोनेसिया, जर्मनी र जापानमा कम्पनीले ६ वटा अत्याधुनिक उत्पादन केन्द्र र ७ वटा अनुसन्धान तथा विकास केन्द्र सञ्चालनमा ल्याएको छ।चीनमा सीमित लाभदायक अटो कम्पनीहरूमध्ये एक मानिने सेरेसले २०२५ को पहिलो त्रैमासिकमा १०० मिलियन डलरभन्दा बढी नाफा आर्जन गरिसकेको छ। कम्पनीले २०२६ सम्म नेपालमा AITO का तीन मोडेल एम ७, एम ८ र एम ९ सार्वजनिक गर्ने रणनीति अघि सारेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend