images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • तीन वडाध्यक्षहरूले बालेनको निर्णय गरे...

तीन वडाध्यक्षहरूले बालेनको निर्णय गरे इन्कार

तीन वडाध्यक्षहरूले बालेनको निर्णय गरे इन्कार

images
images
आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चार वटा विषयगत समितिमा तोकेका तीनै जना नयाँ संयोजक तोक्ने निर्णयलाई इन्कार गरेका छन् । केही दिन अघि बालेनले चार वटा विषयगत समितिमा संयोजक तोकेका तीनै जनाले आफूहरू जिम्मेवारीमा नबस्ने भन्दै बालेनलाई पत्र पठाएका छन्।बालेनले सुशासन समितिको संयोजक तोकेका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सूचना प्रविधि समितिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समिति संयोजक तोकिएका वडाध्यक्ष २४ का अध्यक्ष विनोद राजभण्डारीले जिम्मेवारीमा बस्न अस्वीकार गरेका हुन् । 

    images
    images

    उनीहरुले कार्यपालिकाले जिम्मेवार अनुमोदन नगरेको भन्दै मेयर बालेनलाई पत्र पठाएका छन् । सम्पदा तथा पर्यटन समिति संयोजक तोकिएका वडाध्यक्ष २४ का अध्यक्ष विनोद राजभण्डारीले प्रक्रियागत रूपमा संयोजक नतोकिएकाले अस्वीकार गरिएको बताए । उनले भने,‘हामीलाई समिति संयोजक भनेर तोकेको पत्र दिइएको थियो । तर हाम्रो जिम्मेवारी कानुनतः कार्यपालिका बैठकबाट अनुमोदित हुनुपर्छ । कार्यपालिका बैठक नै २०८१ पुस १० गतेयता बस्न सकेको छैन ।’

    उनले मेयरलाई निर्णय गर्ने अधिकार भए पनि त्यसलाई कार्यपालिका बैठकले अनुमोदन गरे मात्रै लागु हुने बताए । उनले सबैले कार्यपालिका बैठक बोलाएर जिम्मेवारी दिनु पर्ने माग रहेको बताए ।वडाअध्यक्षहरुले पठाएको पत्रमा भनिएको छ, ‘मिति २०८२।०२।०१ गतेको पत्रमार्फत हामी तपसिलका नगर कार्यपालिकाको सदस्यहरूलाई काठमाडौँ महानगरपालिका नगर कार्यपालिका ९कार्यसम्पादन नियमावली, २०७४ को नियम १५ उपनियम ९१० बमोजिमको विषयगत समितिका संयोजकको जिम्मेवारी तोकिएको व्यहोरा जानकारी हुन आएकोमा उक्त तोकिएको जिम्मेवारीको विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारीहरू कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्था विद्यमान भएकाले, उपयुक्त नदेखिने हुँदा तत् तत् तोकिएको जिम्मेवारीमा नरहने व्यहोरा श्रीमान् प्रमुखज्यूसमक्ष संयुक्त रूपमा जानकारीको लागि अनुरोध गर्दछौँ ।’

    images
    images

    मेयर बालेनले बिहीबार सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समितिका संयोजकको जिम्मेवारी हेरफेर गरेका थिए।वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरलाई सूचना प्रविधि समितिको संयोजकबाट हटाएर वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिलाई दिइएको थियो। वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीलाई सुशासन समितिको जिम्मेवारीबाट हटाएर वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीलाई राखिएको बालेनको सचिवालयले पत्र पठाएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend