images

२०८३ आश्विन २४ गते

images
images
images

एक महिनामा बढ्यो सोना मन्सुली र जिरा मसिनो चामलको मूल्य

एक महिनामा बढ्यो सोना मन्सुली र जिरा मसिनो चामलको मूल्य

images
images
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • काठमाडौँ। बजारमा बढ्यो चामलको मूल्य बढेको छ। एक महिनाको अन्तरालमा चामलको मूल्य बोरामा दुई सय रूपैयाँसम्म बढेको हो। 

    images
    images

    अहिले जिरा मसिनो र सोना मन्सुली चामलको मूल्य बढेको किराना व्यवसायी चन्द्र थापाले जानकारी दिए।चामल धेरै ब्राण्डका छन्। ब्राण्ड अनुसार मूल्य फरक छ उनले भने।उनका अनुसार एक महिना अघि प्रतिबोरा २२ सयदेखि २३ सय रूपैयाँमा बिक्री गरिएको चामल अहिले २४ सयदेखि २६ सय रूपैयाँ पुगेको छ।

    त्यस्तै, सोना मन्सुली चामल प्रतिबोरा १७ सयदेखि १८ सय रूपैयाँमा बिक्री गरेको चामल अहिले १९ सयदेखि दुई हजार रूपैयाँ पुगेको हो।लङग्रेन बासमती चामलको मूल्य भने बढेको छैन।चालू आर्थिक वर्षको बजेट पछि विस्तारै चामलको मूल्य बढ्न थालेको थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले जानकारी दिए।बजेटपछि नै मूल्य बढेको हो। तर, मौज्दात रहेकाले अहिले मात्र मूल्य बढ्न थालेको हो।

    images
    images

    सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत धानमा साढे दुई प्रतिशत अग्रिम कर लगाएका कारण चामलको मूल्य बढेको उनको भनाइ छ। उनका अनुसार चामलमा भने पहिल्यैदेखि नै अग्रिम कर लिँदै आएको थियो।सरकारले उपभोक्ताको भान्सामा दैनिक प्रयोग हुने मुख्य खाद्यान्नमा कर लगाउँदा यसको प्रत्यक्ष असर उपभोक्तामा परेको उनको भनाइ छ। मुख्य खाद्यान्नमा करको दायरा घटाउँदै लैजानु पर्नेमा झनै बढाउँदै लगेको उनले गुनासो गरे। 

    सरकारको अस्पष्ट आपूर्ति नीतिका कारण उपभोक्ताले महँगी खेप्न परेको उपभोक्ता माधव तिमल्सिना बताउँछन्।सरकारले आपूर्ति सहज गरेर उपभोक्तालाई सुलभ मूल्यमा खाद्यान्न उपलब्ध गराउन पर्छ, उनले भने।भारतीय सरकारले गत वर्ष ९५ हजार मेट्रिक टन चामल ल्याउन नेपाललाई कोटा दिएको थियो। तर, यहाँका सरकारी तथा निजी कुनै पनि कम्पनीले चामल आयात गर्न सकेनन्।

    एकातिर आयात पनि हुन नसक्नु र अर्कोतिर स्वदेशी उत्पादनको सञ्चिति घट्दै जाँदा बजारमा मागभन्दा चामलको आपूर्ति कम भएकाले मूल्य बढेको हो।अहिले बजारमा अस्वाभाविक चामल बढेकोबारे विभागमा कुनै पनि गुनासो नआएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभावका सूचना अधिकारी राकेश पाण्डेले जानकारी दिए।

    बजारमा चामल माग अुनसारको आपूर्ति नहुँदा मूल्य बढेको हुनसक्ने उनको भनाइ छ।भारत विश्वकै प्रमुख चामल निर्यातकर्ता हो। विश्वव्यापी चामल व्यापारमा भारतको हिस्सा ४० प्रतिशत छ।

    हामीकहाँ भारतबाट आउने चामललाई मुख्य गरी चार प्रकारमा विभाजन गरिएको छ– मोटा, मध्यम, मसिनो र बास्नादार।अहिले आयातित चामलमध्ये करिब आधा परिमाण मोटा र मध्यम चामलको छ भने बाँकी आधा मसिनो र बास्नादार छ। यो समग्रमा गैर–बासमती चामल हो।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हामीकहाँ चामलका लागि वार्षिक ६६ लाख मेट्रिक टन धानको माग छ।त्यसमध्ये देशमै उत्पादन हुने ५६ लाख

     मेट्रिक टन हो। यो भनेको राम्रो उत्पादन भएका बेलाको औसत परिमाण हो। हाम्रो माग पूरा गर्न बाँकी १० लाख मेट्रिक टन धान भारतबाट आयात हुने गरेको छ।यो धानको ६० प्रतिशत बराबर चामल बन्छ। यस हिसाबले हाम्रो बजारमा करिब ४० लाख मेट्रिक टन चामलको माग छ।यसमध्ये करिब ६ लाख मेट्रिक टन चामलको माग हामीले भारतबाट ल्याएर पूरा गरिरहेका छौं। यो परिमाणमा धान भित्र्याएर बनाइएको चामल पनि पर्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend