नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १०औं वार्षिक साधारण सभा जेठ २५ गते धादिङको ट्रिपल क्राउन रिसोर्टमा आयोजना गर्ने भएको छ। सभा बिहान १०:३० बजे सुरु हुनेछ।कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।
सभामा निम्न महत्वपूर्ण एजेन्डाहरू प्रस्तुत गरिनेछन्:
- आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित
- लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरूको स्वीकृति
- आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण (बिदुर एसोसियट्स पुनः नियुक्तिको प्रस्ताव)
- नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सेयर संरचना परिवर्तनसम्बन्धी प्रस्ताव
- गाभ्ने–गाभिने वा प्राप्ति (Acquisition) प्रक्रिया सहज बनाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव
- केन्द्रीय कार्यालयलाई धुनिबेशी नगरपालिका–६, थार्के बजार, धादिङ स्थानान्तरण गर्ने सम्बन्धमा छलफल
- नियामक निकायबाट प्राप्त निर्देशनअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन




.gif)





