images

२०८३ आश्विन २४ गते

images
images
images

एक वर्षको अवधिमा गलेश्वरमा ५८ लाख भेटी सङ्कलन

एक वर्षको अवधिमा गलेश्वरमा ५८ लाख भेटी सङ्कलन

images
images
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • काठमाडौँ। (म्याग्दी) बेनी नगरपालिका ९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा ५८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०र८१ मा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले ५८ लाख ४० हजार पाँच सय १० भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । 

    images
    images

    कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मेलापर्वमा १९ लाख ७८ हजार आठ सय १८ र मण्डपमा ३८ लाख ६१ हजार छ सय ९२ भेटी सङ्कलन भएको जानकारी दिनुभयो । “गत आर्थिक वर्षसम्म कोषको आम्दानी भेटी, दान र बैङ्कको ब्याजसहित चार करोड ४१ लाख २५ हजार दुई सय २२ पुगेको छ,” उहाँले भन्नुभयो, “मन्दिरको आम्दानी कर्मचारीको तलब, कार्यालय, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको छ ।”

    भेटीसहित गत आर्थिक वर्षमा एक करोड ७६ लाख ४० हजार आठ सय ८४ आम्दानी गरेको कोषले विभिन्न शीर्षकमा ८० लाख ३५ हजार नौ सय ११ खर्च र ९६ लाख चार हजार नौ सय ७२ बचत गरेको कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो । भेटीबाहेक यज्ञ दर्ता शुल्क चार लाख १३ हजार छ सय ६७, यात्री निवास शुल्क पाँच लाख ७७ हजार छ सय ६५, ब्याज ८९ लाख ६९ हजार पाँच सय ६६, दान दातव्य ५५ लाख २२ हजार एक सय ४३ र भक्तजनहरुले चढाएको जिन्सी सामान बिक्रीबाट छ लाख २८ हजार आठ सय २५ सङ्कलन भएको छ । 

    images
    images

    यसै गरी, पार्किङ शुल्क ११ हजार सात सय ५० र स्टल भाडा छ लाख ७६ हजार ६ सय ८५ आम्दानी भएको छ । यस वर्षको साउन महिनाको तेस्रो सोमबारसम्म १० लाख ७४ हजार सात सय ४७ भेटी सङ्कलन भएको छ । पहिलो सोमबार तीन लाख ७२ हजार तीन सय ७१, दोस्रो सोमबार तीन लाख ३६ हजार एक सय ८५ र तेस्रो सोमबार तीन लाख ६६ हजार दुई सय भेटी सङ्कलन भएको कोषका सदस्यसचिव बलबहादुर खत्रीले बताउनुभयो । 

    गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो । 

     गलेश्वर मन्दिरको आम्दानीबाट गत आर्थिक वर्षमा ज्येष्ठ नागरिक सभाहल बनाउन १५ लाख, जडभरत शालग्राम संस्कृत माविलाई पाँच लाख र गलेश्वर बजारमा सिसी टिभी जडान गर्न एक लाख ४३ हजार सहयोग गरेको कोषले जनाएको छ । 

    हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने छ । दैनिक नित्य पूजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकांक्षा हुुने धार्मिक विश्वास छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend