images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य...

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योतिबिच सम्झौता

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योतिबिच सम्झौता

images
images
शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल नेत्रज्योति सङ्घबिच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ ।स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालय र सङ्घबिच गरिएको सम्झौताअनुसार अब सङ्घले आँखा उपचार उपलब्ध नभएका स्थानमा लक्षित गरेर सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्ने छ ।आँखा उपचार पहुँच वृद्धि गर्ने मन्त्रालयको नीतिअनुसार सङ्घले सङ्घ प्रदेश र स्थानीय सरकारबिच समन्वय गरेर कार्यक्रम विस्तार गर्नेछ भने यसका लागि मन्त्रालयले सहजीकरण गर्ने छ ।

    images
    images

    यसैगरी, आधारभूत स्वास्थ्य संस्थामा कार्यरत प्राथमिक आँखा उपचारमा सेवा प्रदान गरिरहेका जनशक्तिको क्षमता वृद्धिका लागि सङ्घले सघाउने भएको छ । मन्त्रालयले सङ्घका विदेशी आँखा चिकित्सकलाई उपचारमा सहभागी गराउन सहजीकरण गर्नेछ भने छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिलाई सङ्घीय तथा प्रादेशिक अस्पतालबाट खटाउन सघाउने छ ।

    स्वास्थ्य मन्त्री पौडेलले नेपालको आँखा उपचार सेवा स्तरीय र सुपथ भएको भन्दै नागरिकको पहुँच वृद्धिसँगै स्वास्थ्य उपचार पर्यटन केन्द्रका रूपमा विकास गर्न आँखा उपचार सेवाले भूमिका खेल्ने विश्वास गर्नुभयो ।‘‘अहिले पनि भारतलगायतका ठाउँबाट आँखा उपचारका लागि ठुलो सङ्ख्यामा विदेशी आइरहेका छन्,’’ उहाँले भन्नुभयो, ‘‘नागरिकको उपचार पहुच बढाउँदै नेपालमा स्वास्थ्य उपचार पर्यटन वृद्धि गर्ने योजनामा आँखा उपचार कार्यक्रमले मद्दत गर्ने आशा छ ।’’मन्त्री पौडेलले त्यसका लागि सरकारले वातावरण तयार पार्ने प्रतिबद्धता जनाउँदै सम्झौता त्यसैको कडी भएको उल्लेख गर्नुभयो ।

    images
    images

    सङ्घका अध्यक्ष प्रा.डा. चेतराज पन्तले सरकारको लक्ष्यअनुसार आँखा उपचार पहुँच बढाउन काम गर्ने भन्दै वातावरणका लागि मन्त्री पौडेलप्रति आभार प्रकट गर्नुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend