images

२०८३ आश्विन १८ गते

images
images
images

सुबोध फाउन्डेसनद्वारा ८ विद्यार्थीलाई सम्मान

सुबोध फाउन्डेसनद्वारा ८ विद्यार्थीलाई सम्मान

images
images
शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौं ।  युके वेस्ड फाउन्डेसन सुबोध फाउन्डेसनले पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा आर्किटेक्चर विषय अध्ययनरत स्नातक र स्नातकोत्तरका ८ जना विद्यार्थीहरूलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ। उक्त पुरस्कार नेपालस्थित बेलायती राजदूत रोब फेन र पुल्चोक इञ्जिनियरिङ अध्ययन संस्थानका डीन डा. सुशीलबहादुर बज्राचार्य र फाउन्डेसनका अध्यक्ष सुबोध तिमिल्सिनाले संयुक्त रूपमा प्रदान गरेका थिए। 

    images
    images

    फाउन्डेसनले पुल्चोक क्याम्पससँग ३–४ ओटा विषयमा सहकार्य गर्न लागेको पनि अध्यक्ष तिमिल्सिनाले जानकारी दिए। सहकार्यमध्ये एउटा सहकार्य भनेको आर्किटेक्चर डिर्पाटमेन्टको स्नातकको ब्याच टप र थेसिस टप अर्गान प्लानिङ, इनर्जी इफिसियन्स बिल्डिङको स्नातक र स्नातकोत्तरको, आर्किटेक्चर स्नातक र थेसिस टप गरेर ८ जनालाई विद्यार्थीलाई विद्यार्थीको हौसला बढोस् भनेर छात्रवृत्ति प्रदान गरिएको हो। 

    उक्त प्रोत्साहन पुरस्कारअन्तर्गत सर्टिफिकेट, सिल्ड र नगद पुरस्कार वितरण गरिएको थियो। स्नातकलाई १५ हजार र स्नातकोत्तरलाई २५ हजार नगद रुपैयाँले पनि पुरस्कृत गरिएको थियो। सुबोध फाउन्डेसनले शिक्षामा मात्र लामो समयदेखि नेपालमा सहयोग गर्दै आएको छ। यो फाउन्डेसनले यस्तै किसिमको अवार्ड बेलायतकै बु्रनेल युनिभर्ससिटीमा पनि दिने गरेको छ। नेपालमा भने उक्त फाउन्डेसनको पुल्चोक इञ्जिनियरिङ क्याम्पसअन्र्तगत आर्किटेक्चर डिर्पाटमेन्टसँग १५ वर्षको सहकार्य गरेको छ। फाउन्डेसनले गत वर्ष र यो वर्ष गरेर २ वर्ष अवार्ड वितरण गरिसकेको छ। गत वर्ष पनि ८ जनालाई नै सहयोग गरेको थियो। 

    images
    images

    नेपालस्थित राजदूत फेनले नेपाली विद्यार्थीलाई दिइएको यो सुनौलो अवसरको उचित सदुपयोग गर्दै अझै अगाडि राम्रा अवसर प्राप्त गर्न सबैलाई शुभकामना दिए। अहिले यसरी सम्मानित भएका विद्यार्थीले बेलायतमा अध्ययनका लागि जान चाहेमा केही ग्राह्यता पाउने पनि सुबोधले बताए। उनले भने, ‘खासमा फाउन्डेसनको उद्देश्य भनेको शिक्षामा सहयोग गर्ने नै हो। हामीले कलेजसँगै केही विद्यालयका विद्यार्थीलाई पनि आर्थिक सहयोग गरेका छौं।’ सुवोध आपूm भने बेलायतमा १८ वर्षदेखि सिभिल इञ्जिनियरिङको काम गर्दै आएका छन्। फाउन्डेसनबाटै अघिल्लो वर्ष सम्मानित भएका ९० प्रतिशत विद्यार्थी अध्ययनका लागि बेलायतमा छात्रवृत्ति पाइसकेको उनले बताए। फाउन्डे

    सनले इञ्जिनियरिङ पढ्ने निम्न र पछाडिएको समुदायका विद्यार्थीलाई स्नातक पढ्न सहयोग गर्ने योजना बनाएको छ। यसले बेलायतमा स्नातकोत्तर  पढ्न सहयोग गर्नेछ। र, पीएचडीका लागि क्याम्ब्रिज र अक्सफोर्ड युनिभर्सिटीमा गराउने भनेर पुल्चोक इञ्जिनियरिङ क्याम्पससँग सम्झौता गर्ने तयारी पनि गरेको तिमिल्सिनाले बताए। तर, कति जनालाई त्यसरी सहयोग गरिने भन्ने संख्या भने तय भइसकेको छैन। 

    पुरस्कृत हुने विद्यार्थीहरू :

    आर्किटेक्चर स्नातक : कृपा तिम्सिना
    आर्किटेक्चर स्नातक : रश्मी गौतम
    स्नातकोत्तर इनर्जी इफिसियन्ट बिल्डिङ : प्रसिद्धि हमाल
    स्नातकोत्तर इनर्जी इफिसियन्ट बिल्डिङ :  प्रसिद्धि हमाल
    अर्वान प्लानिङ स्नातकोत्तर : प्रबल दाहाल 
    अर्वान प्लानिङ स्नातकोत्तर : प्रबल दाहाल
    स्नातकोत्तर आर्किटेक्चर : आशिष बिके
    स्नातकोत्तर आर्किटेक्चर : श्वस्तिना रञ्जित

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend