images

२०८३ आश्विन १९ गते

images
images
images

भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा

भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका ४ दलगाउँको दितेनीस्थित चुलाचुली गुफा ओझेलमा परेको छ । स्थानीय सरकारले यो गुफाको संरक्षण तथा विकास गरिरहेको भएपनि प्रचार अभावमा यो स्थल ओझेलमा परेको हो । हेर्दा नै अनौठो लाग्ने यो स्थानले धेरैको मन लोभ्याउने गर्दछ ।भौगोलिक रुपमा विकट क्षेत्रमा रहेकोले यो स्थान देश विदेशमा परिचित बन्न नसकेको स्थानीयबासी अनिल राईले बताए । यहाँ रहेका ढुङ्गामा विभिन्न देवी देवताको आकृति देख्न सकिने उनको  भनाइ छ ।त्योसँगै यो स्थल अवलोकनको क्रममा विभिन्न आश्चर्यजनक ठाउँहरुसमेत हेर्न सकिने उनले जानकारी दिए ।

    images
    images

    “चुलाचुली गुफा हेर्दा नै आश्चर्यजनक स्थल देखिन्छ”उनले भने,“ सायदै नेपालमा यस्ता ठाउँ कमै होलान् । यहाँका ढुङ्गामा प्राकृतिक रुपमा कुदिएका विभिन्न देवी देवताको आकृति देख्न सकिन्छ । ढुङ्गाहरुमा मादलको झै आवाज आउछ । यहाँ दर्शन गरे मनोकाङ्क्षा पुरा हुने धार्मिक विस्वास पनि छ । तर यो स्थान ओझेलमा परेको अवस्था छ ।”डाँडामा रहेको यो स्थानको करिव दुई रोपनी क्षेत्रमा रहेको ढुङ्गाहरु खोलाका बगर झै कुदिएका छन् । गुफा भित्र शिव तथा विभिन्न देवीदेवताको मूर्तीसँगै, हात्ती जस्तो सुडो, गाईको थुन, नाँगको चित्रलगायतको आकृति रहेको स्थानीयबासीको भनाइ छ । यहाँ राम नवमी, नयाँ वर्षलगायत विभिन्न अवसरमा मेला लाग्ने गरेको स्थानीयबासी विनोद राईले बताए ।

    “यो गुफा हेर्दा नै अनौठेको खालको छ”उनले भने,“स्थानीय सरकारले संरक्षणको काम गरिरहेको छ । २०७२ सालको भुकम्पको कारण गुफामा पस्ने बाटो केहि ठाउँमा टालिएको छ । भित्र पस्नको लागि बत्ती जडान गर्नु पर्ने अवश्यकता छ । यो ठाउँलाई सानो हलेसीको रुपमा पनि लिने गरिन्छ ।”वडाको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल रहेकोले यसको संरक्षणको काम भईरहेको वडाध्यक्ष बाबुकुमार राईले बताए । यहाँ मन्दिर निर्माण, घेराबारा, शौचालय तथा विश्राम स्थल निर्माणको काम गरिएको उनले जानकारी दिए । “यो हाम्रो वडाको निकै महत्वपूर्ण धार्मिक स्थल हो”वडाध्यक्ष राईले भने,“हामीले आफ्नो तहबाट संरक्षणको काम गरिरहेका छौँ । खास गरेर यो स्थान प्रचार प्रसारको अभावमा ओझेलमा परेको अवस्था छ ।”

    images
    images

    नेपाल जलबायु अनुकुलन नमूना कार्यक्रम अन्तर्गत यहाँ संरक्षण तथा विभिन्न संरचना निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । यो वर्ष सो कार्यक्रमबाट रु।दश लाख लागतमा संरक्षणको काम भइरहेको उनको भनाइ छ । यो क्षेत्रको बृहत्तर विकास लागि विस्तृत परियोजना प्रतिवेदन(डीपिआर) तयार गरेर आवश्यक काम गरिरहेको अध्यक्ष राईले जानकारी दिए ।“यो क्षेत्र प्रचार प्रचार अभावमा ओझेलमा परेको छ”अध्यक्ष राईले भने,“यहाँको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर नै विकासका काम गर्दै आएका छौँ । यो ठाउँलाई गाउँपालिकाको आर्थिक श्रोतको रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ । यसको योजनाबद्ध विकासमा गाउँपालिका जुटेको अवस्था छ ।” गुरु योजना बनाएर नै गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले काम गरिरहेको अध्यक्ष राईले जानकारी दिए । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend