images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रौतहटमा गर्मीका कारण मर्न थाले पोखरीका...

रौतहटमा गर्मीका कारण मर्न थाले पोखरीका माछा

रौतहटमा गर्मीका कारण मर्न थाले पोखरीका माछा

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • रौतहट । अत्यधिक गर्मीका कारण रौतहटमा एक पोखरीको लाखौँ रुपैयाँको माछा मरेर नष्ट भएको छ।दिनभरि लाग्ने चर्को घामले पोखरीको पानीको तापक्रम अत्यधिक बढेको कारण जिल्लाको गढीमाई नगरपालिका -४ का रामप्रति सहनीको पोखरीको माछा मरेर नष्ट भएको हो।

    images
    images

    गर्मीका कारण सहनीले पालेको करिब दुई बिघा पोखरीको हजारौँ माछा मरेर नष्ट हुँदा लाखौँ रुपैयाँको क्षति भएको छ।पोखरीको अधिकांश माछा मरेका कारण आफूलाई ५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको पीडित सहनीले बताएका छन्।

    बिहानदेखि बेलुकासम्म लाग्ने गरेको चर्को घामका कारण पोखरीको पानी अत्यधिक तातेको र तातेको पानी सहन नसक्दा माछाहरू धमाधम मार्न थालेका हुन् ।ठुलो लगानी र कडा परिश्रम गरी माछा पालेको भए पनि बेच्ने बेलामा गर्मीले माछाहरू मरेपछि अब घर परिवार कसरी चलाउने भन्दै सहनी परिवार निकै चिन्तामा परेका छन्।

    images
    images

    गर्मीले पोखरीको अधिकांश माछाहरू मरेको र भएका माछाहरू समेत मर्ने क्रममा रहेकोले आफ्नो लगानी र परिश्रम दुवै खेर गएको हुँदा आफू बिचल्ली मा परेको उहाँले दुःखेसो गर्नुभयो ।पीडित सहनीले स्थानीय सरकार सँग क्षतिपूर्तिको समेत माग गर्नुभएको छ । माछा पालेरै जीविकोपार्जन गर्ने रौतहटका माछापालक कृषकहरू अहिले गर्मीका कारण पोखरीको पानी तातेर र सुकेर माछाहरू मर्न थालेपछि निकै चिन्तित बनेका छन् ।

    गर्मीले माछाको उत्पादन समेत ह्वात्तै घटेको कृषकहरूले गुनासो गरेका छन्। बढी आम्दानीका लागि धान, गहुँलगायतका बाली फल्ने जग्गामा पोखरी खनेर माछा पालन गरेका कृषकहरू यति बेला पोखरी सुक्न थालेपछि निराश भएका छन् ।बिक्रीका लागि तयारी अवस्थामा पुगेका माछाहरू मरेपछि ठुलो आर्थिक समस्या परेको स्थानीय कृषकहरूले गुनासो गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend