काठमाडौं । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आम्दानीसँगै नाफामा पनि वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आवको चैत मसान्तसम्म ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको छ। नाफा गत आवको यसै अवधिको तुलनामा १३.३६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा होटलले ४१ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
होटलको सञ्चालन नाफा पनि १५.४१ प्रतिशतले बढेर ५९ करोड १७ लाख रुपैयाँ कायम भएको छ । पर्यटकीय तथा व्यावसायिक गतिविधिमा सुधार आउँदा होटलको आम्दानीसँगै नाफा पनि बढेको हो । गत वर्ष समीक्षा अवधिमा १ अर्ब ६८ करोड आम्दानी गरेको होटलले अहिले १ अर्ब ८९ करोड आम्दानी गरेको छ । १ अर्ब २ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस होटलको जगेडा कोषमा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।समीक्षा अवधिमा होटलको प्रति सेयर आम्दानी ४.५७ रुपैयाँ र प्रति सेयर नेटवर्थ २५.१७ रुपैयाँ रहेको छ।




.gif)



