images

२०८३ आश्विन २० गते

images
images
images

हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन

हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन

images
images
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • काठमाडौं ।  यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ ।पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार हिजोसम्म ७७ करोड ३५ लाख ८७ हजार नौ सय १५ रुपैयाँ रोयल्टी जम्मा भएको हो ।

    images
    images

    सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि एक सय १९ आरोही समूहका दुई सय ४० महिला र आठ सय ८७ पुरुष गरी कुल एक हजार एक सय २७ जनाले आरोहण अनुमति लिएका छन् ।

    विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र तीन सय ७२ पुरुष गरी कुल चार सय ५६ आरोहीले आरोहण अनुमति लिएका छन् ।सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन् । आमादब्लममा १० समुहका एक सय २, ल्होत्सेमा  नौ समूहका एक सय ७, मकालुमा आठ समूहका ७९, कञ्चनजङ्घामा सात समूहका ७५, नुस्सेमा ६ समूहका ७६ र अन्नपूर्णमा ६ समूहका ६६ आरोही छन् ।

    images
    images

    वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउने गर्छन् ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend