images

२०८३ आश्विन १८ गते

images
images
images

‘ऊनको स्वीटर’को उत्साहजनक डेब्यु, २ दिनमा कमायो१ करोड ३७ लाख ६९ हजार

‘ऊनको स्वीटर’को उत्साहजनक डेब्यु, २ दिनमा कमायो१ करोड ३७ लाख ६९ हजार

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । ‘ऊनको स्वीटर’ले पहिलो सप्ताहन्त घरेलु बक्सअफिसमा उत्साहजनक डेब्यु गरेको छु । ‘अञ्जिला’पछि बक्स अफिसमा देखिएको खडेरीलाई विपिन कार्की, मिरुना मगर स्टारर फिल्मले शीतलता प्रदान गरेको छ ।‘ऊनको स्वीटर’ले पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) सरकारको आधिकारिक बक्सअफिसमा १ करोड ३७ लाख ६९ हजार ग्रस कमाइ गरेको छ । कमाइको यो अंक उत्साहजनक हो ।

    images
    images

    प्रदर्शनका सुरुवाती २ दिनमा फिल्मको अकुपेन्सी राम्रो देखियो । विशेषगरि काठमाडौं उपत्यका र पूर्वेली सहरमा शुक्रबार र शनिबार अकुपेन्सी उच्च देखियो । पश्चिमका सहरमा भने अकुपेन्सी पूर्वको तुलनामा कम छ ।

    नवीन चौहान निर्देशित फिल्मलाई पूर्वी नेपालको लेकाली भूगोल र लिम्बु समुदायको आञ्चलिकतामा सेट गरिएको छ । यो फिल्म एक सीमापार प्रेमको अन्तर्जातिय प्रेमको कथा हो ।

    images
    images

    शुक्रबारदेखि नै प्रदर्शनमा आएको ‘जार’ले भने घरेलु बक्सअफिसमा कमजोर कमाइ गरेको छ । सोमबार बुद्ध जयन्तीको बिदा भएकाले ‘ऊनको स्वीटर’लाई लाभदायक हुनसक्ने अनुमान छ । २ करोडको दौडमा रहेको यो फिल्मलाई सोमबारको बिदाले मद्दत गर्नसक्ने अनुमान छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend