images

२०८३ आश्विन २० गते

images
images
images

भारत र पाकिस्तानसँग व्यापार वृद्धि गर्ने ट्रम्पको वाचा

भारत र पाकिस्तानसँग व्यापार वृद्धि गर्ने ट्रम्पको वाचा

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत भारत र पाकिस्तानका नेताहरूको प्रशंसा गरेका छन्।उनले लेखेका छन्, ‘अमेरिका तपाईंहरूलाई यो ऐतिहासिक र साहसी निर्णयमा पुग्न सघाउन सक्षम भएकोमा म गर्व गर्छु ।’ट्रम्पले कश्मीरसम्बन्धी समाधान निकाल्न सकियोस् भनेर आफूले यी काम गरिरहेको संकेत गरेका छन् ।उनले अगाडि थपे, ‘तपाईंहरूको विरता र साहसी निर्णयले तपाईंहरूको इतिहासमा गौरव थपेको छ ।’

    images
    images

    “यद्यपि यो विषयमा चर्चा नै भएको थिएन, म अब यी दुवै महान राष्ट्रहरूसँग व्यापारलाई ठूलो मात्रामा वृद्धि गर्नेछु। साथै, म तपाईंहरू दुवैसँग मिलेर काम गर्नेछु, ताकि ‘हजारौं वर्षपछि’ भए पनि कश्मीरसम्बन्धी कुनै समाधान निकाल्न सकियोस्,” उनले थप लेखे ।ट्रम्पले भारत र पाकिस्तानबीचको युद्धविराम सम्झौतालाई ‘ऐतिहासिक र साहसी’ निर्णय भनेका छन् र दुवै देशको नेतृत्वको प्रशंसा गरेका छन् ।

    ‘म भारत र पाकिस्तानको दृढ र शक्तिशाली नेतृत्वप्रति अत्यन्त गर्व गर्छु, जसले साहस, बुद्धिमत्ता र धैर्यका साथ यो कुरा बुझ्न सके कि अबको आक्रोशलाई रोक्ने समय आएको छ, जसले यति धेरै जनधनको विनाश ल्याउन सक्थ्यो। लाखौं निर्दोष मानिसहरू मर्न सक्थे!,’ उनले लेखेका छन् ।

    images
    images

    उनले भने, ‘भारत र पाकिस्तानको नेतृत्वलाई यस्तो उत्कृष्ट कार्यका लागि भगवानको आशीर्वाद मिलोस् !’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend