images

२०८३ आश्विन १६ गते

images
images
images

प्रदुषणले आँखामा कस्तो असर गर्छ, कसरी हेरचाह गर्ने ?

प्रदुषणले आँखामा कस्तो असर गर्छ, कसरी हेरचाह गर्ने ?

images
images
शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • प्रदुषणको अवस्था
    सरकारबाट स्वीकृत वायु गुणस्तर सुचकाङ्क अनुसार ०–५० हुँदा राम्रो,५१–१०० हुँदा मध्यम,१०१–१५० हुँदा संवेदनशील समुहका लागि अस्वस्थ ,१५१–२०० अस्वस्थ,२०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको संकेत गर्छ । पछिल्लो साता काठमाडौंको एयर क्वालिटी इनडेक्स २ सय भन्दा माथि छ। काठमाडौं उपत्यकाको  प्राकृतिक बनावटका कारण हामीले सास फेर्ने तातो हावा सामान्यतया माथि जान्छ। यसै क्रममा माथिको चिसो हावा तल आउनुपर्ने हुन्थ्यो, जुन अहिले भएको छैन  त्यस्तै वायु प्रदुषण गराउने कारक तत्वहरुका ठमाडौंमा यथेष्ट मात्रामा रहेका छन्। जसमा सवारी साधन, उद्योगबाट निस्कने धुलो, धुँवा,आगलागी, डढेलो पर्छन् । एक प्रकारको धुलोको कण जमिनमा मिल्छ भने अर्काे हावा नै रहेको हुन्छ।

    images
    images

    हावा रहेको धुँलोको कण श्वासप्रश्वास तथा आँखाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छ । वायु प्रदुषणले श्वासप्रश्वासका बिरामीको संख्या बढाउँछ। आँखामा वायु प्रदुषणले दुई प्रकारका समस्या ल्याउँछ । पहिलेदेखी नै आँखाको एलर्जीको समस्या भएकाहरुलाई वायु प्रदुषणले झनै असर गर्छ । हाल नेपाल आँखा अस्पतालमा दैनिक ७ सय बिरामी ओपिडीमा आउने गरेका छन् । करिब १५ प्रतिशत बिरामीलाई वायु प्रदुषणको असर परेको पाइएको छ। 

    लक्षणहरु

    images
    images

    - आँखा रातो हुने । 
    - आँखा पोल्ने । 
    - आँशु बग्ने । 
    - आँखा दुख्ने । 
    - आँखा हेर्न असहज हुने । 
    - आँखा जालो देखिने । 

    वायु प्रदुषणमा आँखाको सुरक्षा कसरी गर्ने ?

    - सकेसम्म बाहिर ननिस्कने । 
    - मर्निङ तथा इभिनिङ वाक नजाने । 
    - कतै जाँदा सवारी साधनको प्रयोग गर्ने । 
    - प्रोटेक्टिभ ग्लासको प्रयोग गर्ने । 
    - आँखा रातो तथा पोल्ने भएमा सफा पानीले आँखा तथा मुख धुने । 
    - आँखामा बेस्सरी पानी छ्याप्नु हुँदैन । 
    - सकेसम्म मोबाईल तथा कम्युटरको प्रयोग कम गर्ने । 
    - आँखा हेर्न नै समस्या भएमा नजिकैको आँखा केन्द्रमा परीक्षण गराउने । 

    धुलोको कारण आँखालाई दीर्घकालीन रुपमा पनि असर गर्छ । लामो समयसम्म धुँलोमा एक्सपोजर हुँदा आँखाको बाहिरको जालो खस्रो हुँदै जान्छ । धेरै समयसम्म पनि जालो खस्रो हुँदा आँखा जहिले पनि सुख्खा हुन्छ । त्यसकारण सडकमा व्यापार गर्नेहरुको आँखामा सुख्खापनाको समस्या बढी हुन्छ । आँखाको सुख्खापनाको समस्यामा सुरुमा औषधिबाट नै निको हुन्छ । सर्जरी गर्नुपरेमा आँखाको जालो नै काट्नुपर्ने अवस्था आउन सक्छ। 

    निरन्तर टियर प्लसको प्रयोगले आँखामा हुनसक्छ क्षति 

    टियर प्लसमा रहेको एक प्रकारको तत्वले जसले आँखामा पानीको मात्रा अर्थात् आँशुको मात्रा बढाउने गर्छ । यो टियर प्लस एक ब्रान्डको नाम हो । हामी चिकित्सकले कुनै पनि ब्रान्डलाई बढावा दिनु उचित हुँदैन। आँखा बिजाउँदा तथा रातो हुँदा टियर प्लस तथा यो जस्तै अन्य आौषधिको प्रयोग गरिन्छ । अस्पताल जान सम्भव नहुँदा केही समयले यसको प्रयोगले आँखालाई खासै हानी गर्दैन । यद्यपि निरन्तर रुपमा यस्ता औषधिको प्रयोग राम्रो मानिदैन। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend