काठमाडौंः चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म आइपुग्दा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको खुद नाफा ०.६७ प्रतिशतले बढेर २७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढे सँगै खुद नाफा बढेको हो।
कम्पनीको खुद बिमा शुल्क आर्जन १७.८१ प्रतिशतले बढेर ३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले २ अर्ब ९६ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
यता, लगानी तथा कर्जाबाट हुने आम्दानी ६.४६ प्रतिशतले बढेर ८९ करोड ६१ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
यसको रिटेन्ड अर्निङमा ७९ करोड ४५ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३५ पैसाबाट घटेर ७ रुपैयाँ ६४ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८९ पैसा छ ।




.gif)





