images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लि.’को कार्यालय...

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लि.’को कार्यालय उद्घाटन

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लि.’को कार्यालय उद्घाटन

images
images
शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • काठमाडौँः नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनीको रुपमा ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’को उद्घाटन गरेको छ ।

    images
    images

    बिहीबार कमलपोखारीमा रहेको सिटी सेन्टरको तेस्रो तालामा केन्द्रीय कार्यालय रहेको सो कम्पनीको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक समिति अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

    चुक्ता पुँजी एक अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको कुल लगानी पाँच अर्ब रुपैयाँ रहेको छ ।

    images
    images

    उद्घाटन कार्यक्रमलाई सम्बोनध गर्दै नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले नेपाल लाइफले समग्र बीमा क्षेत्रको नेतृत्व गर्दै लगानी विविधिकरणमा कम्पनी अघि बढीरहेको बताएका छन् ।

    नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष अमितकुमार कयालले नेपाल लाइफ एउटा ब्राण्ड भएका आम नेपाली जनतासँग प्रत्यक्ष तथा अप्रत्यक्ष जोडिएका भएर नेपाल इन्भेष्टमेन्ट कम्पनीले आगामी दिनमा लगानी सही र उच्चतम प्रतिफल आउने क्षेत्रमा लगानी गर्ने बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend