images

२०८३ कार्तिक ७ गते

images
images
images

काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना

काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना

images
images
बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • काठमाडौं । काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहान साढे ६ बजे तीनकुनेस्थित मुनिभैरबअगाडि सडकखण्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । 

    images
    images

    मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार नुवाकोट स्थायी घर भएकी नगिना तामाङ रहेको प्रहरीले जनाएको छ । ट्रमा सेन्टरमा उपचारका लागि लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

    मोटरसाइकलका चालक रामेछापका पदम थापा मगरको दाहिने हातमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी अपिलराज बोहराले जानकारी दिए । दुर्घटनामा क्रमशः काभ्रे र दोलखाका रत्नबहादुर शार्की र मेनुका बुढाथोकी घाइते भएका छन् । उनीहरूकाे कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

    images
    images

    कोटेश्वरदेखि बानेश्वर आइरहेको बा ३ ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेको बा.प्र.०१–०२६ च २९२७ नम्बरको मारुती भ्यान र सोही दिशाबाट आइरहेको बा.प्र.०२–०५३ प ३८४७ नम्बरको २२०अ को मोटरसाइक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend