images

२०८३ आश्विन २४ गते

images
images
images

गत आर्थिक वर्षमा धनगढी वितरण केन्द्रको बक्यौता २१ करोड पुग्यो

गत आर्थिक वर्षमा धनगढी वितरण केन्द्रको बक्यौता २१ करोड पुग्यो

images
images
सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम रु २१ करोड ७३ लाख ७९ हजार पुगेको छ । गत आर्थिक वर्षमा वितरण केन्द्रको औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापतको उक्त बक्यौता रकम पुगेको हो ।

    images
    images

    आर्थिक वर्ष २०७९र८० भन्दा गत आवमा बक्यौता रकम रु एक करोड ६० लाख ५२ हजारले बढेको वितरण केन्द्रका लेखा प्रमुख विनोद ढकालले जानकारी दिए । आव २०७९र८० मा बक्यौता रकम रु २० करोड १३ लाख २७ हजार थियो । ढकालका अनुसार गत आवमा औद्योगिक ग्राहकको बक्यौता रकम रु दुई करोड ७८ लाख सात हजार तीन सय ७२, घरायसी ग्राहकको रु चार करोड ४४ लाख ७६ हजार चार सय ७६, सडकबत्तीको रु ११ करोड ३४ लाख १८ हजार तीन सय ८३ र अन्य ग्राहक रु तीन करोड १६ लाख ७६ हजार आठ सय तीन सङ्कलन गरिएको हो ।

    गत आवमा महसुल नतिर्ने एक हजार नौ सय ६२ ग्राहकको लाइन काटिएको लेखा प्रमुख ढकालले जानकारी दिए । उनका अनुसार लाइन काटिएका ग्राहकको महसुल तिर्न बाँकी रकम रु पाँच करोड ५० लाख ८६ हजार चार सय १८ रहेकामा रु चार करोड ३३ लाख ५६ हजार पाँच सय असुली भएको छ ।

    images
    images

    लेखा प्रमुख ढकालका अनुसार आव २०७९र८० मा केन्द्रको औद्योगिक ग्राहकको बक्यौता रकम रु दुई करोड ४१ लाख ४२ हजार आठ सय ९१, घरायसी ग्राहकको रु पाँच करोड ७९ लाख २८ हजार तीन सय ६९, सडकबत्तीको रु १० करोड ५० लाख ३३ हजार तीन सय ७३ र अन्य ग्राहकको रु एक करोड ४२ लाख २२ हजार तीन सय ६७ थियो ।

    “अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा केही बक्यौता रकम बढेको छ । वितरण केन्द्रले लामो समय महसुल नबुझाउने ग्राहकको लाइन काटेर रकम असुली पनि गरेको छ”, लेखा प्रमुख ढकालले भने, “अन्य ग्राहकबाट रकम नियमित भुक्तानी भइरहेका छ । सडकबत्तीको बक्यौता रकम बढी छ ।” वितरण केन्द्रका अनुसार नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६५ दशमलव दुई प्रतिशत छन् ।    

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend