images

२०८३ आश्विन २४ गते

images
images
images

सरकार र विश्व बैंकबीच विशेष परियोजनामा सम्झौता

सरकार र विश्व बैंकबीच विशेष परियोजनामा सम्झौता

images
images
सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • काठमाठौँ ।विश्व बैंक र नेपाल सरकारले प्रादेशिक र स्थानीय सडक सुधारका लागि १० करोड अमेरिकी डलरको परियोजनामा हस्ताक्षर गरेका छन् ।

    images
    images

    सोमबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच विश्व बैंक र सरकारका प्रतिनिधिले उक्त परियोजनामा हस्ताक्षर गरेका हुन् ।

    परियोजनाका बारेमा जानकारी दिँदै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले कनेक्टिभिटी, दक्षता, लचिलोपन र सुरक्षामा सुधार गर्न एवम सरकारको क्षमतालाई सुदृढ गर्न मद्दत गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय विकास एसोसिएशनबाट १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋणका लागि वित्तीय सम्झौतामा हस्ताक्षर गरिएको बताए ।

    images
    images

    सडक तथा पुल पूर्वाधारको योजना, डिजाइन, निर्माण र मर्मत संभार तथा सेवा प्रवाहमा सुधार गर्न प्रदेश, स्थानीय सरकारको व्यवस्थापन र प्राविधिक क्षमता अभिवृद्धि गर्ने परियोजनाको लक्ष्य छ ।

    माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक, डेभिड सिस्लेन सहरी विकास मन्त्रालयले छुट्टै परियोजना सम्झौता पनि गरेको छ । उनले उक्त सम्झौताले नेपालका लागि यात्राको समय र लागत कम गर्दै, ग्रामीण सम्पर्क विस्तार गर्न, सेवा र बजारहरूमा पहुँच सुधार गर्न र नेपालको आर्थिक सम्भावनालाई समावेशी रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend