images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • तेस्रो त्रैमास सम्ममा निर्जीवन बीमा कम्पनीहरूले...

तेस्रो त्रैमास सम्ममा निर्जीवन बीमा कम्पनीहरूले संकलन गरे करिब ३३ अर्ब बीमा शुल्क

तेस्रो त्रैमास सम्ममा निर्जीवन बीमा कम्पनीहरूले संकलन गरे करिब ३३ अर्ब बीमा शुल्क

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं।चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा देशभरका १४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनीले गरी कुल ३२ अर्ब ८१ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्।  नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा कूल २४ लाख १२ हजार बीमालेख बिक्री गरिएको छ।यो अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले बीमाशुल्क संकलन गरेको छ । कम्पनीको यस्तो रकम ४ अर्ब ३४ करोड रहेको छ । 

    images
    images

    त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १० करोड, हिमालयन एभरेस्ट इन्स्योरेन्सले २ अर्ब ७८ करोड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क उठाएको छ । नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड, ओरियन्टल इन्स्योरेन्सको २ अर्ब १५ करोड, एनएलजी इन्स्योरेन्सको २ अर्ब १३ करोड, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ९२ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । 

    नेपाल इन्स्योरेन्सले १ अर्ब ५५ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ३० करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १३ करोड र नेशनल इन्स्योरेन्सले ८७ करोड ९५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । त्यसबाहेक माइक्रो इन्स्योरेन्सले १९ करोड ३६ लाख, प्रोएक्टिभ माइक्रो इन्स्योरेन्सको १७ करोड ५७ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १६ करोड ३२ लाख तथा ट्रस्ट माइक्रो इन्स्योरेन्सले १५ करोड ४० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । 

    images
    images

    शीर्षकगत रूपमा हेर्दा मोटर बीमातर्फ सबैभन्दा धेरै ९ अर्ब ८२ करोड संकलन भएको छ । त्यसपछि सम्पत्ति बीमातर्फ ८ अर्ब १९ करोड, इञ्जिनियरिङ बीमातर्फ ५ अर्ब ५६ करोड, कृषि तथा बाली बीमाबापत १ अर्ब २३ करोड, सामुन्द्रिक बीमातर्फ १ अर्ब ८९ करोड रहेको छ । त्यसैगरी हवाई बीमातर्फ १ अर्ब ८१ करोड, लघु बीमातर्फ ६९ करोड ९७ लाख रुपैयाँ संकलन हुँदा विविध बीमातर्फ ३ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

    प्रदेशगत रूपमा हेर्दा यो अवधिमा संकलित कुल बीमा शुल्कमध्ये बाग्मती प्रदेशमा २२ अर्ब १० करोड, लुम्बिनीमा २ अर्ब ८५ करोड, कोशी प्रदेशमा २ अर्ब ८६ करोड रुपैयाँ संकलन भएको तथ्यांक छ । यस्तै मधेश प्रदेशमा २ अर्ब १५ करोड, गण्डकीमा १ अर्ब ७० करोड, सुदूरपश्चिममा ४२ करोड ४७ लाख तथा कर्णालीमा ३० करोड ६८ लाख संकलन भएको हो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend