images

२०८३ आश्विन २० गते

images
images
images

यातायात व्यवस्था कार्यालय झापाले उठायो ८२ करोडभन्दा बढी राजस्व

यातायात व्यवस्था कार्यालय झापाले उठायो ८२ करोडभन्दा बढी राजस्व

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं । यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा ८२ करोड १६ लाख ४८ हजार चार सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार एक सय १६ राजस्व सङ्कलन गरेको हो ।

    images
    images

    चालु आवको चैत महिनासम्म सवारी साधनको कर सङ्कलनबापत ६९ करोड ६ लाख २२ हजार पाँच सय ४२, यातायात क्षेत्रको आम्दानी बापत ९६ लाख ६० हजार छ सय ६७, सवारी चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत १२ करोड १२ लाख ८९ हजार छ सय ५१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।

    चालु आवको नौ महिनामा जिल्लामा नौ हजार नौ सय ५४ नयाँ सवारीसाधन दर्ता भएका कार्यालय प्रमुख सापकोटाले बताए । उनका अनुसार गत आव २०८०/८१ को अन्त्यसम्ममा जिल्लामा दुई लाख छ हजार आठ सय ८४ सवारी साधन दर्ता रहेका थिए ।

    images
    images

    कार्यालय प्रमुख सापकोटाका अनुसार चालु आवको नौ महिनामा सबैभन्दा धेरै नयाँ मोटरसाइकल तीन हजार दुई सय ३६ दर्ता भएका छन । यसैगरी ई–रिक्सा दुई हजार पाँच सय ४९, स्कुटर दुई हजार तीन सय ४५, ई–स्कुटर पाँच सय ७९, कार एक सय ८०, ट्र्याक्टर एक सय ७६, जिप एक सय ६८, बस एक सय आठ, ई–कार ९३, ट्रक ५२, ट्रिपर २०, माइक्रो १९, एम्बुलेन्स चार वटा नयाँ दर्ता भएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend