images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • वाणिज्य, आपूर्ति विभागले ७ कम्पनीको अनुगमन...

वाणिज्य, आपूर्ति विभागले ७ कम्पनीको अनुगमन टोयोटा वितरकलाई २ लाख जरिवाना

वाणिज्य, आपूर्ति विभागले ७ कम्पनीको अनुगमन टोयोटा वितरकलाई २ लाख जरिवाना

images
images
आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • काठमाडौंः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७ कम्पनीको अनुगमन गर्दै कैफियत भेटिएका चारवटालाई लाखौँ जरिवाना समेत गरेको छ। 

    images
    images

    विभागले जेजे एक्जिम प्रालि (कीर्तिपुर ६), माणिक गंगा इन्टरप्राइजेज (काठमाडौं १५), युनाइटेड ट्रेडर्स सिन्डिकेट (काठमाडौं ४) र श्रीषा स्टोर (ललितपुर १४) लाई क्रमशः २ लाख ५ हजार, २ लाख ५ हजार, २ लाख र १५ हजार रुपैयाँ जरिवाना गरेको हो। 

    बाँकी तीन कम्पनीहरु एलिना इडिङ (काठमाडौं २), इडिसिफल बरगर हाउस (काठमाडौं ७) र मल्टिकिचन ट्रेडिङ (काठमाडौं १५) लाई भने नगद जरिवाना गरिएको छैन। यी कम्पनीहरुलाई तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ। 

    images
    images

    नगद जरिवानामा पर्नेमध्ये युनाइटेड ट्रेडर्स टोयोटा गाडीको नेपालका लागि एक मात्र वितरक रहेको छ।

    केही समयअघि अटो व्यवसायीहरुले खडा गरेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)की अध्यक्ष ऋतुसिंह वैद्य यस कम्पनीकी प्रबन्ध निर्देशक समेत हुन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend