images

२०८३ आश्विन १७ गते

images
images
images

एक बर्षमा नेपाल फाइनान्सले कमायो १ करोड ८१ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

एक बर्षमा नेपाल फाइनान्सले कमायो १ करोड ८१ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

images
images
अर्थ समाचार
सोमवार, श्रावण २१ २०८१
अर्थ समाचार
सोमवार, श्रावण २१ २०८१
  • काठमाडौँ ।आर्थिक बर्ष २०८०/८१ मा नेपाल फाइनान्स लिमिटेडले १ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    images
    images

    अघिल्लो आवमा २ करोड १ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेको यस कम्पनीले गत आवमा १ करोड ८१ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । 

    फाइनान्स कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार गत बर्ष कम्पनीको नाफा अघिल्लो बर्ष २०७९/८० को तुलनामा १०.०१ प्रतिशतले घटेको छ । 

    images
    images

    यता, बैंकको नाफा घटेपनि खुद ब्याज आम्दानी र सञ्चालन नाफा भनेको बढेको छ । यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेर ११ करोड ७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १०.०३ प्रतिशतले बढेर २ करोड ५८ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।

    कम्पनीको खुद ब्याज र सञ्चालन नाफा बढेपनि इम्पेयरमेन्ट चार्ज बढ्दा फाइनान्स कम्पनीको नाफा घटेको छ । यो अवधिमा कम्पनीको इम्पेरिमेन्ट चार्ज ६२ लाख ५८ हजार पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो चार्ज २ करोड ५० लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

    २ अर्ब ५५ करोड ४५ लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले २ अर्ब १ करोड ९६ लाख ४३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 

    यता, कम्पनीको वितरणयोग्य मुनाफा २० करोड ८२ लाख २९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । असार मसान्तसम्म फाइनान्सको चुक्ता पुँजी ७२ करोड ९९ लाख ६ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ४३ करोड १० लाख १८ हजार रुपैयाँ रहेको छ ।

    फाइनान्सको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसा रहेको फाइनान्सको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५२ पैसा रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend