images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • शुक्रबार माइतीघरमा मण्डलामा धर्ना दिन सम्पूर्ण...

शुक्रबार माइतीघरमा मण्डलामा धर्ना दिन सम्पूर्ण चिकित्सकलाई आह्वान

शुक्रबार माइतीघरमा मण्डलामा धर्ना दिन सम्पूर्ण चिकित्सकलाई आह्वान

images
images
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौँः नेपाल चिकित्सक संघले शुक्रबार माइतीघरमा मण्डलामा धर्ना दिन सम्पूर्ण चिकित्सकलाई आह्वान गरेको छ।

    images
    images

    नेपाल चिकित्सक संघले बिहीबार विज्ञप्ति निकाल्दै सम्पूर्ण उपत्यका भित्रका चिकित्सकलाई ११ः०० बजे माइतीघर मण्डलमा र उपत्यका बाहिराका चिकित्सकलाई जिल्ला प्रशासन कार्यलयमा धर्ना दिन आह्वान गरेको हो।

    चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले गरे अनुरुपको निजी मेडिकल कलेजका आवासीय चिकित्सकको निर्भाह भत्ता पाउने निर्णय अझै कार्यान्यन नभएको आफ्ना आन्दोलन जारी रहेको संघका महासचिव डा.सञ्जीव तिवारीले बताएका छन्।

    images
    images

    आयोगको माघ २५ गते बसेको १६ औँ बैठकले निजी मेडिकल कलेजले सरकारी सरह पिजीका आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो।

    सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकमा निजी मेडिकल कलेजका आवासीय चिकित्सक ४८ हजार ७३७ निर्वाह भत्ता पाउने निर्णय गरेको थियो। निजी सञ्चालनले पनि आठौँ तह सरह नभई ४८ हजार ७३७ रुपियाँ दिन राजीखुशी भएका छन्।  

    मेडिकल कलेजले आठौँ तहका चिकित्सकले पाउनुपर्ने सेवा सुविधा नभएसम्म उनीहरूले आन्दोलनलाई निरन्तरता दिने आन्दोलनरत चिकित्सकको भनाइ छ।

    निजी मेडिकल कलेजका आवासीय चिकित्सक आयोगको १६ औँ बैठकले निर्णय गरे  अनुरुपको निर्भाह भत्ता पाउनुपर्ने माग राख्दै एक महिना देखि आन्दोलनमा छन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend