images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • भारतबाट अब दैनिक १५ घण्टामा ६००...

भारतबाट अब दैनिक १५ घण्टामा ६०० सय मेगावाट बिजुली आयात हुने

भारतबाट अब दैनिक १५ घण्टामा ६०० सय मेगावाट बिजुली आयात हुने

images
images
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौँ । विद्युत् प्राधिकरणले भारतबाट दैनिक १५ घण्टा बिजुली आयात गर्न पाउने भएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले बिहीबारदेखि १५ घण्टासम्म आयात गर्न पाउने भएको हो ।भारत सरकारले नेपाल विद्युत् प्राधिकरणलाई मुजफ्फरपुर ढल्केबर लाइनबाट बिहान २ बजेदेखि साँझ ५ बजेसम्म १५ घण्टाको लागि ६०० मेगावाट बिजुली आयात गर्न थप स्वीकृति दिएको छ । यसअघि सोलार घण्टा अर्थात् बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म मात्र स्वीकृति दिइएको थियो। 

    images
    images

    भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुरबाट ६ सय र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने यसअघि नै अनुमति दिएको छ । तर पछिल्लो समय भारतमा नै विद्युत् माग बढेको भन्दै नेपालले मागे जति विद्युत् दिन सकेको थिएन । तर अब दैनिक १५ घण्टा ६०० मेगावाट बिजुली खरिद गर्ने अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतले थप दुई महिनाका लागि ६ सय मेगावाट बिजुली निर्यातका लागि स्वीकृत दिएको बताए । उनले विगतमा बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म निर्यातका लागि स्वीकृत दिएपनि अब रातको २ बजदेखि बिहान ५ बजेसम्म पनि स्वीकृत दिएको बताए । 

    त्यस्तै प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले भारतबाट सोलार घण्टा अर्थात् बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म निरन्तर आइरहेको बताए । उनले पिकआवरमा भारतबाट बिजुली खरिद गर्दा माग अनुरूप नपाएको बताए । उनले पुरानै सहमति अनुसार अब निरन्तर ६०० मेगावाट विद्युत् दिने भएको बताए । उनले भने, ‘पुरानै स्वीकृत अनुसार भारतबाट बिजुली आयात भइरहेको छ । १२ घण्टाको ठाउँमा थप भएर १५ घण्टा विद्युत् दिने भनिएको छ । बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आइरहेको भए पनि अब बिहान २ बजेदेखि ६ बजेसम्म भनिएको छ ।’

    images
    images

    प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ । गत मङ्सिरमा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले गत चैत २ सम्म दिनको २० घण्टा र चैत ३ देखि आगामी असार १६ सम्म सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति दिएको थियो । चैत ३ यता प्राधिकरणले दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको थियो । 

    इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ । भारतबाट बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म १३२ केभी लाइन मार्फत अधिकतम ३५० मेगावाट विद्युत् आपूर्ति गर्ने अनुमति पाएकोमा हाल मैनैया सम्पतिया लाइनबाट बिहान २ बजे देखि ६ बजे र बेलुका ६ देखि ७ बजेगरी जम्मा ५० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend