images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आफैंले हटाउन सक्दो प्रयास गरेका...

आफैंले हटाउन सक्दो प्रयास गरेका हाकिमद्वारा नै बालेनको विदेश यात्रा तय

आफैंले हटाउन सक्दो प्रयास गरेका हाकिमद्वारा नै बालेनको विदेश यात्रा तय

images
images
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं ।काठमाडौं  महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह जापान जाने भएका छन् । उनी केही दिनभित्रै टोक्यो जान लागेका हुन् । शहरी विकास योजनासम्बन्धी कार्यक्रममा सहभागी हुन जान लागेको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीले बताए । अर्बन प्लानिङ्ग कार्यक्रममा सहभागी हुन मेमा जापान जान लाग्नुभएको हो ।’ उनको भ्रमणका लागि अनुमति माग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन पठाइएको त्रिपाठीले जानकारी दिए । तर,निवेदन स्वीकृत भइनसकेकाले जाने मिति तय हुन बाँकी रहेको उनको भनाइ छ । कुनै पनि जनप्रतिनिधि विदेश जाँदाखेरि प्रमुख प्रशासकीय अधिकृतको भूमिका निकै महत्वपूर्ण हुन्छ ।

    images
    images

    प्रमुख त्रिपाठीका अनुसार भ्रमणमा जाने निर्णय भएपछि प्रमुख प्रशासकीय अधिकृतले त्यसैअनुरुप पत्र बनाएर मन्त्रालय पठाउँछन् । यता,कार्यपालिका बैठकले पनि मेयरको भ्रमण अनुमोदन गर्नुपर्ने हुन्छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले भ्रमणका लागि केही दिनअगावै सिफारिस गरिदिएको जानकारी दिए । उनले  भने,‘सबै निर्णय भएपछि मकहाँ पत्र आएको थियो । मैले निर्णयानुसार भनी मन्त्रालयमा सिफारिस गरिदिएको छु ।

    अचम्म मान्दै भने,‘हो र ? मलाई त केही थाहा छैन ।’

    images
    images

    गुरागाईँ तिनै कर्मचारी हुन्,जसलाई हटाउन मेयर बालेनले सक्दो प्रयास गरेका थिए । अहिले तिनै गुरागाईँबाट उनले भ्रमणको सिफारिस बनाउनुपरेको छ । कार्यालय घुस्नसमेत नदिने अडान लिएका बालेनले उनैले निकासा गरेको तलब लिइरहेका छन् भने भ्रमण सिफारिसको लागि पनि उनकै आवश्यकता परेको छ ।नयाँ बसपार्कस्थित निर्माणाधीन काठमाडौं टावरको १२ तल्ले नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको आरोप लगाउँदै बालेनले उनीमाथि कारबाही गरेका थिए । उनको कार्यकक्षमा ताला लगाएर कार्यालय आउन रोक लगाउनुका अलावा बालेनले छानबिनका लागि समितिसमेत गठन गरेका थिए । तर, उनलाई दोषी करार गर्ने ठाउँ नभेटेपछि तर्सिएका बालेनले समिति नै ‘डिसमिस’ गरिदिए । आफ्नो अधिकारबाहिर गएर समिति गठन गरेका मेयरले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेका छैनन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा महिनौंदेखि तलब नपाएका कर्मचारीहरुले ध्यानाकर्षण गराए । यद्यपि,उनी समस्या समाधानभन्दा पनि सामाजिक सञ्जालबाट सरकारलाई तुच्छ गाली गर्नतर्फ उत्रिए । उनले एक साताभित्र प्रमुख प्रशासकीय अधिकृत नपठाए सबैलाई टुकुचामा लगेर गाड्ने चेतावनी दिए ।

    कार्यपालिका सदस्य बेखबर 

    मेयर वैदेशिक भ्रमणमा जाँदा कार्यपालिका बैठकबाट अनुमोदन गराउनुपर्छ । तर,लामो समयदेखि महानगरको कार्यपालिका बैठक बस्न सकेको छैन । वडाध्यक्षहरुले बैठक बोलाउन मेयरको ध्यानाकर्षण गराए पनि उनले सुन्या नसुन्यै गरिरहेका छन् । बैठक बोलाउन आनाकानी गरिरहेका मेयरको वैदेशिक भ्रमणबारे कार्यपालिका सदस्यहरु बेखबर छन् । महानगरका सहायक प्रवक्तालाई नै यसवारे कुनै अत्तोपत्तो छैन । ध्रुवकुमार काफ्लेले मेयरको भ्रमणबारे कुनै जानकारी नभएको बताए । अचम्म मान्दै भने,‘हो र ? मलाई त केही थाहा छैन ।’ वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले मेयरको वैदेशिक भ्रमणबारे कुनै जानकारी नगराइएको बताए ।भन्छन्,‘मेयर के गर्नुहुन्छ,कहाँ जानुहुन्छ ? हामीलाई केही थाहा हुँदैन । यो विषयमा पनि केही जानकारी भएन । हुन त कार्यपालिका बैठकबाट अनुमोदन गर्नुपर्ने हो । तर,बैठक नै बसेको छैन ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend