images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • एक बर्षमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफासँगै...

एक बर्षमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, कस्ता छन् अन्य सूचक ?

एक बर्षमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, कस्ता छन् अन्य सूचक ?

images
images
सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • काठमाडौँ । आर्थिक बर्ष २०८०/८१ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको खुद नाफा र ब्याज आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

    images
    images

    बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण  अनुसार समीक्षा वर्षमा बैंकले ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    अघिल्लो वर्ष बैंकले ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकको नाफामा ४.५१ प्रतिशतको संकुचन आएको छ।

    images
    images

    यो वर्ष बैंकको सञ्चालन मुनाफा पनि ४.५३ प्रतिशतले घटेर ४ अर्ब ७४ करोड ६५ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ९७ करोड १७ लाख रुपैयाँ थियो।

    समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १५ करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ५ अर्ब ९५ करोड ६० लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा १३.४६ प्रतिशतको कमी आएको छ।

    आव २०८०/८१ मा बैंकको २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड ५ लाख रुपैयाँ रहेको छ। समीक्षा वर्षका लागि बैंकको लाभांश क्षमता २६.५ प्रतिशत रहेको छ।

    समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३५.०९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३६.७५ रुपैयाँ थियो। पीई रेसियो १७.१६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २१८.०४ रुपैयाँ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend