images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • सरकार समक्ष महासंघले ९ बुँदे प्रस्ताव...

सरकार समक्ष महासंघले ९ बुँदे प्रस्ताव पेश

सरकार समक्ष महासंघले ९ बुँदे प्रस्ताव पेश

images
images
मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौँः २८ दिनदेखि आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ ।

    images
    images

    सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा मंगलबार अबेर रातिसम्म भएको वार्ता सहमति बिनै टुंगिएको हो।

    शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्‌बाट पास भएमा शिक्षक महासंघले आन्दोलनको शैली फेर्ने भनाई छ ।

    images
    images

    ‘हामी सहमतिको नजिक पुगेका छौ । भोलि बिहान महासंघको बैठक बसेर आन्दोलनको मोडालिटीबारे निर्णय गर्नेछौँ,’ महासंघ महासचिव तुलाबहादुर थापाले भने, ‘हाम्रो मागहरू ९ बुँदामा पेश गरेका छौँ। भोलि बिहान टुंगो लाग्छ ।’

    थापाका अनुसार कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुनेछ ढुक्क हुनुहोस् ।

    लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन ।

    यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले यिनै विषय समावेश गरेर ७ बुँदे तयार गरेकी थिइन् । जसको लागि सरकारको ८ अर्ब रुपैयाँ खर्च हुने थियो ।

    ९ बुँदे विषयः
    १.विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब
    २.सामाजिक सुरक्षा कोष
    ३.दुर्गम भत्ता
    ४.ग्रेड समायोजन
    ५.मर्यादा क्रम
    ६.अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था
    ७.निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने ।
    ८.राहत शिक्षक लगायत ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend