images

२०८३ आश्विन २७ गते

images
images
images

नेपाल राष्ट्र बैंकमा १ हजार १७८ जना कर्मचारी कार्यरत

नेपाल राष्ट्र बैंकमा १ हजार १७८ जना कर्मचारी कार्यरत

images
images
सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • काठमाडौंः नेपाल राष्ट्र बैंकमा हाल १ हजार १७८ जना कर्मचारी कार्यरत रहेका छन् । राष्ट्र बैंकको प्रतिवेदन अनुसार प्रशासन तर्फ १ हजार १०४ जना र प्राविधिक तर्फ ७४ जना कर्मचारी रहेका छन् । 

    images
    images

    जसमध्ये १६ जना कर्मचारीले पीएचडी उपाधि हासिल गरेको राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले बताएका छन् । सूचना अधिकारी न्यौपानेका अनुसार ३ जना कार्यकारी निर्देशक, ५ जना निर्देशक, ७ जना उपनिर्देशक र डेपुटी गभर्नर एक जनाले पीएचडी गरेका छन् । 

    कुल कर्मचारीमध्ये अधिकृत स्तरका ६६४ जना, सहायक स्तरका ४५१ जना र श्रेणीविहीन कार्यालय सहयोगी स्तरका ६३ जना रहेका छन् ।

    images
    images

    आर्थिक वर्ष २०८१।८२ का लागि बैंकमा सहायक निर्देशक ३२ जना र सहायक ३५ जना समेत गरी कुल ६७ जना कर्मचारी नियुक्ति भएका छन्। २०८१ साउन १ गतेदेखि फागुन मसान्तसम्म कुल २२ जना कर्मचारी बैंक सेवाबाट अलग भएको प्रतिवेदनमा उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend