images

२०८३ आश्विन १६ गते

images
images
images

तीन अर्ब ५७ करोड बराबरको चिया निर्यात

तीन अर्ब ५७ करोड बराबरको चिया निर्यात

images
images
आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • काठमाडौंः चालु आर्थिक वर्षको चैत मसान्तसम्म रु तीन अर्ब ५७ करोड बराबरको चिया निर्यात गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस वर्ष चियाको निर्यात रु चार अर्ब ५० करोड  हाराहारीमा पुग्ने अनुमान रहेको जनाएको छ ।

    images
    images

    बोर्डका अधिकृत चन्द्र पुरीले नेपालको चिया क्षेत्रले करिब ६० हजार रोजगारी सिर्जना गरेको र १७१ ‘टि स्टेट’ र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्र रहेको जानकारी दिएका छन् ।

    अधिकृत पुरीले अघिल्लो आवमा रु तीन अर्ब ६३ करोड बराबरको एक करोड ६५ लाख केजी चिया निर्यात गरेको जानकारी दिएका छन्  । 
    यसैबीच २९औँ राष्ट्रिय चिया दिवसका अवसरमा बोर्डले सोमबार पुल्चोकस्थित हरिहरभवनमा चिया प्रदर्शनी गर्ने जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend