images

२०८३ आश्विन २४ गते

images
images
images

पर्सामा साढे १ अर्ब राजस्व यातायात कार्यालयबाट एक वर्षमा संकलन

पर्सामा साढे १ अर्ब राजस्व यातायात कार्यालयबाट एक वर्षमा संकलन

images
images
आइतवार, श्रावण २० २०८१
आइतवार, श्रावण २० २०८१
  • काठमाडौँ । यातायात व्यवस्था कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०र८१ मा साढे १ अर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।

    images
    images

    यातायात कार्यालयले गत आवमा विभिन्न शीर्षकबाट  १ अर्ब ५२ करोड ५१ लाख ५४ हजार १५ रूपैयाँ राजस्व संकलन गरेको यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमल गौतमले जानकारी दिए । यो राजस्व आर्थिक वर्ष २०७९र८० को भन्दा १७ करोड १९ लाख ७९ हजार १५१ रुपैयाँ बढी हो । सो वर्ष १ अर्ब ३५ करोड ३१ लाख ७४ हजार ८६४ रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

    प्रमुख गौतमका अनुसार कार्यालयले गत आवमा सवारीसाधन करबाट सबैभन्दा बढी  १ अर्ब १० करोड ५१ लाख ७५ हजार ४९ रुपैयाँ राजस्व संकलन गरेको छ ।सबैभन्दा कम प्रशासनिक दण्ड, जरिवाना र जफतबाट १५ हजार ८ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

    images
    images

    चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ३४ करोड २४ लाख ९० हजार १ सय ७२ रुपैयाँ र यातायात क्षेत्रको आम्दानीतर्फ ६ करोड ४१ लाख ९१ हजार ४ सय ९० रुपैयाँ राजस्व संकलन गरेको छ ।

    यस्तै चालु आवमा कार्यालयको बेरुजु रकमध्ये ५ हजार ९७ रुपैयाँ असुलउपर गरिएको पनि कार्यालय प्रमुख गौतमले जानकारी दिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend