काठमाडौः सरकार र नेपाल शिक्षक महासंघबीच आज बिहान सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भएको छ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले वार्ता भर्खरै भएको र छलफल र संवादलाई निरन्तरता दिने सहमति भएको जानकारी दिएका छ न्।
तर हामीहरूको आन्दोलन जारी रहने र रहेको उनले बताएका छ न्।
अध्यक्ष सुवेदीले भने, ‘शिक्षक महासंघ आन्दोलन जारी छ। मन्त्रीको उपस्थितिमा छलफल भयो। छलफललाई निरन्तरता दिने सहमति भयो। अर्को बैठक कहिले भन्ने भएको छैन। छलफलबाट तय हुनेछ।’
तत्काल नयाँ शिक्षा ऐन ल्याउनुपर्ने प्रमुख मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरिका शिक्षक काठमाडौँमा २५ दिनदेखि आन्दोलनरत छन्।
शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान सहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको पनि छ।
सोही कारण वैशाख ११ गते गर्ने भनिएको कक्षा १२ को वार्षिक परीक्षा पनि वैशाख २१ का लागि सारिएको छ।




.gif)





