काठमाडौंः विद्युत नियमन आयोगले ५ देखि ९ औं तह सम्मका विभिन्न १२ पदका लागि दरखास्त आह्वान गरेको छ। आयोगले आइतवार सूचना जारी गर्दै इन्जिनियरिङ र प्रशासन तर्फका रिक्त पदहरूमा कर्मचारी भर्ना गर्न आवेदन खुलाएको हो।
आयोगका अनुसार इच्छुक तथा योग्य उम्मेदवारहरूले आगामी जेठ ८ गते सम्म दरखास्त दिन सक्नेछन्। यद्यपि जेठ १ गतेसम्म सामान्य दस्तुरमा आवेदन दिन सकिनेछ भने, जेठ ८ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आयोगले खुला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्न लागेको जनाइएको छ। आवेदन दिने प्रक्रिया, योग्यता, दरखास्त दस्तुर लगायत विवरण आयोगको वेबसाइट वा सार्वजनिक सूचनामा उल्लेख गरिएको छ।





.gif)





