images

२०८३ आश्विन २७ गते

images
images
images

हिमालयन लघुवित्तको आम्दानी उल्लेख्य बढेको छ

हिमालयन लघुवित्तको आम्दानी उल्लेख्य बढेको छ

images
images
अर्थ समाचार
शुक्रवार, बैशाख १२ २०८२
अर्थ समाचार
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौंः हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (HLBSL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

    images
    images

    चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६९.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा पनि बढ्न पुगेको छ।

    images
    images

    समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५३.०७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.७९ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४३.०५ प्रतिशत र सञ्चालन मुनाफा ३६९.७६ प्रतिशत बढेको छ। चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ करोड ११ लाख रुपैयाँ रहेको छ।

    नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १७ रुपैयाँ ५५ पैसा बढेर २२ रुपैयाँ ३० पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा, मूल्य आम्दानी अनुपात ४३.०५ गुणा र प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ४८ पैसा रहेको छ।

    ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ४ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ८७ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend