काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले राहत दिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई १०/१० लाख रूपैयाँ राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
राजावादी समूहले गरेको उक्त प्रदर्शनमा महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो भने रजकको प्रदर्शनकारीले लगाएको आगोमा परेर मृत्यु भएको थियो ।




.gif)





