काठमाडौंः नेपाल राष्ट्र बैंकका लागि गभर्नर छनोट सिफारिस समितिका सदस्य तथा पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। एक महिनासम्म एउटा बैठक समेत बस्न नसकेपछि भट्टराईले राजीनामा दिएका छन्।
मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा पूर्वगभर्नरका रूपमा विजयनाथ भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य थिए।
राष्ट्र बैंक ऐनअनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्दछ। तर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएको भयता पनि अहिलेसम्म नियुक्त हुन सकेको छैन।
नयाँ गभर्नर नियुक्तिमा ढिलाइ हुने भएपछि अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनालाई कार्यवाहक (कामु) गभर्नरको रुपमा जिम्मेवारी दिएका छन्।
उता गभर्नर नियुक्तिको विषयमा सर्वोच्च अदालतमा पनि रिट दाखिला भएको छ।




.gif)





