images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • पियोर इनर्जीको आईपीओ यही साता बाँडफाँड...

पियोर इनर्जीको आईपीओ यही साता बाँडफाँड गर्ने तयारी

पियोर इनर्जीको आईपीओ यही साता बाँडफाँड गर्ने तयारी

images
images
सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ यहि साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले वैशाख ११ गते बिहीबार आईपीओ बाँडफाँड गर्ने तयारी गरेको जानकारी दिएको हो । आईपीओमा १९ लाख ३६ हजार ५३ जनाले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा १९.०२८ गुणा बढी हो । आईपीओमार्फत अन्तिम दिनसम्म २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ संकलन भएको थियो ।

    images
    images

    पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको थियो ।

    कम्पनीले यसअघि स्थानीयलाई १ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend