images

२०८३ आश्विन २८ गते

images
images
images

मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै केन्द्रीय बैंक

मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै केन्द्रीय बैंक

images
images
सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले ५८ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।

    images
    images

    केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गरिने छ ।राष्ट्र बैंकले वाणिज्य बैंकमा ४६ करोड ४० लाख, विकास बैंकमा ८ करोड ७० लाख र वित्त कम्पनीमा २ करोड ९० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

    राष्ट्र बैंकका अनुसार १६ वैशाख २०८२ देखि १६ वैशाख २०८३ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको हो । रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले ११ वैशाख बिहान १० देखि दिउँसो १ः३० बजेभित्र आवेदन दिनुपर्ने छ ।निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम कुल पूँजीकोष (बफर सहित) कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा/निक्षेप अनुपात समय–समयमा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ ।

    images
    images

    त्यसैगरी निक्षेप लगानी गरिने बैंक तथा वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने र भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend