images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • मार्चको अन्त्यसम्ममा चीनको विद्युत उत्पादन क्षमता...

मार्चको अन्त्यसम्ममा चीनको विद्युत उत्पादन क्षमता १४.६ प्रतिशतले बढ्यो

मार्चको अन्त्यसम्ममा चीनको विद्युत उत्पादन क्षमता १४.६ प्रतिशतले बढ्यो

images
images
सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । चीनको कुल विद्युत उत्पादन क्षमता चालु वर्षको सन् २०२५ मार्चको अन्त्यसम्ममा  अन्त्यसम्म तीन अर्ब ४३ करोड किलोवाट पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६ प्रतिशतले बढी हो।राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार सौर्य ऊर्जाबाट उत्पादन हुने क्षमता ९५ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.४ प्रतिशतले वृद्धि भएको हो।

    images
    images

    त्यस्तै, हावाबाट उत्पादन हुने विद्युतको क्षमता ५४ करोड किलोवाट पुगेको छ, जसमा १७.२ प्रतिशतले वृद्धि देखिएको छ।यस वर्षको पहिलो तीन महिनामा चीनका ठूला विद्युत कम्पनीहरूले विद्युत उत्पादन योजनामा १३२ अर्ब २० करोड चिनियाँ मुद्रा बराबरको लगानी गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले कम हो।

    सोही अवधिमा विद्युत प्रसारण लाइन निर्माणमा ९५ अर्ब ६० करोड चिनियाँ मुद्रा लगानी गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा २४.८ प्रतिशतले बढी हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend