images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टविरुद्धको रिट...

राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टविरुद्धको रिट हेर्न नभ्याइनेमा

राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टविरुद्धको रिट हेर्न नभ्याइनेमा

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक​ गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा परेको पूरक निवेदन र गभर्नरको उमेर हदसम्बन्धी मापदण्डविरुद्धको रिट हेर्न नभ्याइनेमा परेको छ । आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलास परेको पूरकसहितको रिट ४०औं नम्बरमा थियो ।

    images
    images

    सर्वोच्चले यसअघि गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो । अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई आज बोलाएको थियो । तर, दुवै रिट हेर्न नभ्याइनेमा परेका हुन् ।

    अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिटमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइएको छ । सरकारले गत फागुन २७ गते उमेरजन्य योग्यता हटाएर सार्वजनिक निकायका पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड २०७३ संशोधन गरेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend