काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आजदेखि रु २ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। यसका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भइसकेको छ। ऋणपत्रको बिक्री वैशाख १० गतेदेखि सुरु भई वैशाख २१ गतेसम्म रहनेछ।
सात वर्षे अवधि र सात प्रतिशत वार्षिक ब्याजदर
बैंकले निष्काशन गर्न लागेको "RBBL Debenture 2087" नामक ऋणपत्रको अवधि ७ वर्ष रहनेछ। लगानीकर्ताले यसमा वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। प्रत्येक ऋणपत्रको अङ्कित मूल्य रु १,००० रहेको छ र न्यूनतम २५ कित्ता देखि अधिकतम सबै कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।
१५ लाख कित्ता निजी लगानीकर्ताका लागि, १० लाख सर्वसाधारणका लागि
निष्काशन गरिने कूल २५ लाख कित्ता मध्ये:
-
१५ लाख कित्ता (रु १.५ अर्ब) निजी स्थानका लागि छुट्याइएको छ।
-
१० लाख कित्ता (रु १ अर्ब) सर्वसाधारणका लागि सार्वजनिक निष्काशन हुनेछ।
सर्वसाधारणका लागि छुट्याइएको १० लाख कित्तामध्ये:
-
५० हजार कित्ता सामूहिक लगानी कोषका लागि
-
९ लाख ५० हजार कित्ता आम लगानीकर्ताका लागि खुला गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल
बैंकको ऋणपत्र निष्काशनको धितोपत्र बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले लिएको छ। इच्छुक लगानीकर्ताहरूले सानिमा क्यापिटल वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
बैंकको पूँजी स्थिति र क्रेडिट रेटिङ
-
अधिकृत पूँजी: रु ३० अर्ब
-
जारी पूँजी: रु १५ अर्ब ६३ करोड ७३ लाख
-
चुक्ता पूँजी: रु १५ अर्ब ६३ करोड ७३ लाख




.gif)





