images

२०८३ आश्विन २८ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौंः नेपाल राष्ट्र बैंकले आज(आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३० पैसा र बिक्रीदर १३६ रुपियाँ ९० पैसा कायम भएको छ।

    images
    images

    केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ०३ पैसा र बिक्रीदर १५५ रुपियाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपियाँ ९६ पैसा र बिक्रीदर १८१ रुपियाँ ७६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपियाँ ५८ पैसा र बिक्रीदर १६७ रुपियाँ ३१ पैसा कायम गरिएको जनाएको छ।

    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८९ पैसा र बिक्रीदर ८७ रुपियाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ३८ पैसा र बिक्रीदर ९८ रुपियाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ९१ पैसा र बिक्रीदर १०४ रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ।

    images
    images

    त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ५८ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६६ पैसा र बिक्रीदर १८ रुपियाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३३ पैसा र बिक्रीदर ३६ रुपियाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३९ पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा तोकिएको छ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०८ पैसा र बिक्रीदर चार रुपियाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ११ पैसा र बिक्रीदर ३७ रुपियाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ८८ पैसा र बिक्रीदर ३१ रुपियाँ ०२ पैसा निर्धारण भएको छ।

    यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ १७ पैसा र बिक्रीदर १४ रुपियाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७६ पैसा र बिक्रीदर २० रुपियाँ ८५ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५६ पैसा र बिक्रीदर १७ रुपियाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ५४ पैसा र बिक्रीदर ४४६ रुपियाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ६१ पैसा र बिक्रीदर ३६३ रुपियाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ०३ पैसा र बिक्रीदर ३५५ रुपियाँ ५९ पैसा रहेको छ। यस्तै, केन्द्रीय बैंकले भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुनेसमेत जनाइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend