काठमाडौंः चैत २० गतेदेखि निरन्तर सडक आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले १९औँ दिनको आन्दोलन भने सार्ने निर्णय गरेको छ । भोली (आइतबार) राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा प्रदर्शन गर्न लागेको हुनाले महासंघले शिक्षक आन्दोलनलाई बिहानी समयमा सार्ने निर्णय गरेको हो । राप्रपाले बिजुली बजारमा प्रदर्शन गर्ने भएपछि शिक्षकहरूले आफ्नो प्रदर्शनको समय सारेका छन्।
प्रत्येक दिन १२ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदर्शन गर्दै आएको महासंघले भोलि (आइतबार) बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्मका विरोध प्रदर्शन गर्ने जनाएको छ । भोलि आइतबार राप्रपाले गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै बिहानका लागि आन्दोलन सारिएको महासंघले जानाएको छ ।




.gif)



