images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब ६२ करोडको...

पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब ६२ करोडको कृषिजन्यवस्तु निर्यात

पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब ६२ करोडको कृषिजन्यवस्तु निर्यात

images
images
शनिवार, बैशाख ६ २०८२
शनिवार, बैशाख ६ २०८२
  • झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको नौ महिनामा १८ अर्ब ६२ करोड ७६ लाख ९६ हजार रुपैयाँ बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसो लगायत रहेका छन् । उक्त नौ महिनाको अवधीमा सबैभन्दा धेरै चिया आठ अर्ब ४१ करोड ८९ लाख रुपैयाँ, अलैँची पाँच अर्ब ६३ करोड २० लाख रुपैयाँ, प्लाइ तथा भेनियर दुई अर्ब ८७ करोड ३१ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ ।

    images
    images

    यसैगरी कार्यालयको तथ्यांक अनुसार अदुवा २७ करोड २१ लाख रुपैयाँ, अम्लिसो ८७ करोड २१ लाख रुपैयाँ, बन्दा आठ करोड १७ लाख रुपैयाँ, जडिबुटी चार करोड ५८ लाख रुपैयाँ, मसुरो दाल चार करोड रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधीमा पूर्वीनाकाबाट दुई अर्ब ७० करोड ६८ लाख २६ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य मालबस्तु आयात भएको छ । आयत हुने मुख्य कृषिजन्य बस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफुल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । 

    क्वारेन्टिन कार्यालयको तथ्यांक अनुसार कोदो १४ करोड ४५ लाख ७६ हजार रुपैयाँ, चामल ६ करोड एक लाख रुपैयाँ, ताजा तरकारी ३४ करोड चार लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ । यसैगरी ताजा फलफुल ३१ करोड ८० लाख रुपैयाँ, लसुन ६३ करोड ८० लाख रुपैयाँ, आलु ३६ करोड ४९ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ । रासस

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend